त्रिवि परीक्षा प्रणालीको अव्यवस्थाले मलाई पनि छोयो यस पालि ।
गत साउनमै हाम्रो बिए दोस्रो वर्षको कक्षा सकियो । त्यसपछि कलेजले हाम्रो एक पटक आन्तरिक परीक्षा लियो, अनि छाडिदियो । हामी घरमा परीक्षाको तालिका कहिले आउँछ भनेर कुरिबस्न बाध्य भयौँ ।
हुन त दोस्रो वर्षको कक्षा सुरु हुने बेला पोहोर माघ महिनामा हामीले धेरैको मुखबाट अब चाँही परीक्षाहरू पूर्वनिर्धारित समयमा नै हुन्छन् रे भन्ने सुनेका थियौँ । यसअनुसार हाम्रो दोस्रो वर्षको परीक्षा ढिलोमा पनि दसैँअगाडि सकिनुपर्ने थियो । हाम्रो र अन्य निजी कलेजहरूको पढाइको रफ्तार हेर्दा भदौमा परीक्षा गर्न विद्यार्थी र कलेजहरूको तर्फबाट कुनै समस्या पनि थिएन । तर, हाम्रो आशा त्यति बेला निराश भयो, जब साउनको अन्त्यमा तेस्रो वर्षको परीक्षा भईसक्दा पनि दोस्रो वर्षको लागि तालिका प्रकाशन भएन । भदौँको मध्यसम्म पनि तालिका प्रकाशित नभएपछि हामी कार्तिकअगाडि परीक्षा नहुने कुरामा ढुक्क भयौँ, किनभने तालिका प्रकाशन र परीक्षा सञ्चालनको समयबीच कम्तीमा पनि एक महिना ग्याप हुनुपर्छ रे । एक महिनाअगाडि नै दसैँ सुरु हुने थियो, अनि दसैँ र तिहारको बीचमा परीक्षा सञ्चालन हुने कुरो नै थिएन । अनि, तिहार सकिँदा कार्तिक पनि सकिएको हुन्थ्यो । तालिका सार्वजनिक हुनुअगाडि एक पटक सरसर्ती सकिइसकेको कोर्स पढ्न न त विद्यार्थीलाई जाँगर चल्यो, न त कलेजले नै रिभिजन क्लासको व्यवस्था गर्न सके ।
असोज १८ गते तालिका प्रकाशन भयो । यो दिनसम्म आइपुग्दा दसैँ सुरु हुन मात्र चार दिन बाँकी थियो । उक्त तालिका अनुसार मङ्सिर १६ गतेदेखि परीक्षा सुरु हुने थियो । मेरा आफ्ना विषयहरूको कुरा गर्नुपर्दा बीचबीचमा असन्तुलित ग्यापका साथ पुस ११ गते परीक्षा सकिने थियो । सायद्, परीक्षा तालिका आएपछि सबै विद्यार्थीहरूलाई जबर्जस्ती भए पनि पढ्न मन लाग्छ । तर, बीचमा आएका दसैँ र तिहारले विद्यार्थीलाई पारिवारिक वातावरणमा बढी व्यस्त र सँगसँगै मस्त गराए । अब तिहारपछि मात्र परीक्षाको तयारी सुरु हुने भयो । अर्कातर्फ, पहिलो वर्षको नतिजा अझै प्रकाशित भइसकेको थिएन भने शुल्क वृद्धिको निहुँमा सरकारी कलेजका विद्यार्थी नेताले परीक्षा फारम सङ्कलनमा अवरोध पु¥याएका थिए । यी कारणहरूले परीक्षा तालिका सर्ने हो कि भन्ने भय हामीमा सदैव थियो ।
कार्तिक मसान्तमा पहिलो वर्षको नतिजा प्रकाशित भयो । मङ्सिरको दुईसम्म आइपुग्दा विद्यार्थी सङ्गठनहरू पनि परीक्षा फारम बुझाएर समयमै परीक्षा गराउन सहमत भए रे । अब परीक्षा हुने भन्नेमा हामी ढुक्क भयौँ । मङ्सिर १० गते परीक्षा केन्द्रको समेत सूचना सार्वजनिक भइसकेपछि त समयमै परीक्षा हुने कुरामा सायदै कसैलाई शङ्का थियो । हाम्रो परीक्षा केन्द्र पाटन संयुक्त क्याम्पस पारिएको थियो । अलिक टाढा भए पनि निर्धारित समयभन्दा करिब चार महिनापछि परीक्षा दिन पाउँदा हामी खुसी नै थियौँ ।
विश्वस्त तयारीका साथ हामी १६ गते बिहान ११ बजे नै पाटन क्याम्पस पुग्यौँ । त्यहाँ भेट भएका अर्कै कलेज तर मेरै विषय पढ्ने एक जना साथीसँग पहिलो वर्षको नतिजाबारे कुराकानी भयो । उनी त्यसप्रति पटक्कै सन्तुष्ट थिएनन् । हुन त मलाई पनि मैले पाएको अङ्कमा चित्त बुझेको थिएन । उनले आफ्ना असन्तुष्टि र आक्रोश मसँग पोखे । कुरैकुरामा उनले भने, “यसो यहाँ कुरा सुन्दा त आजको हाम्रो परीक्षा पनि नहुने सम्भावना छ ।” यो कुरा निश्चय नै उत्तेजक भए पनि मैले सजिलै पत्याइँन । कारण, मैले त्यस्तो कुनै सङ्केत देखेको थिइँन । मेरो जानकारीमा परीक्षा बिथोल्ने एक मात्र तत्व विद्यार्थी सङ्कठनहरू पनि त्यसमा सहमत भइसकेका थिए । अर्कातर्फ अन्य विषय पढ्नेहरूको अघिल्ला दिनका परीक्षा सोही केन्द्रमा शान्तिपूर्वक भएको सूचना मसँग थियो । फेरि, म सबैले भनेका सबै कुरा कहाँ सजिलै पत्याउँछु र !
करिब पौने बाह्र बजे परीक्षा हलमा बसेर पाइएको उत्तर पुस्तिकामा आफ्नो रोल नं र अन्य विवरण लेख्न लाग्यौँ । ठ्याक्क प्रश्नपत्र बाँड्न सुरु गर्दा केही युवा भित्र पसे । उनीहरूले “एक्जाम क्यान्सिल, कापी देऊ, नत्र प्रवेश पत्र च्यातिदिन्छु” भने । हामी सबै नतमस्तक भयौँ । विरोध गर्ने कसको हिम्मत ? त्यो साथीले भनेको ुकरा मिलेपछि म छक्क परेँ ।
अब परीक्षा कहिले हुन्छ त भन्दा सोही क्याम्पसका शिक्षकले पनि केही बताउन सकेनन् । खालि सञ्चार माध्यमा ध्यान दिन आग्रह गरे । परीक्षा किन बिथोलिएको थाहा पाउने त सायदै कोही थिए । बाहिर आएर घाममा गफगाफ गरियो । प्रायः सबै विद्यार्थी यसप्रति दुःखी र आक्रामक भए पनि हामीले त्यहाँ दुःख र आक्रोश व्यक्त गर्नुको कुनै अर्थ थिएन । हामी सरासर घर फर्कियौँ ।
अब मेरो अर्को परीक्षा मङ्सिर २१ गते थियो । १६ गतेकै परीक्षा बिथोलिएपछि २१ गते परीक्षा हुन्छ कि हुन्न भन्नेमा मलाई शङ्का नै थियो । तै पनि यदि भइहाल्यो भने त ......., तयारी त गर्नु नै प¥यो । भोलिपल्ट बिहान पत्रिकामा परीक्षा बिथोलिएको समाचार आयो । त्यसमा उल्लेख भए अनुसार परीक्षा बिथोलिनुको कारण गत भदौमा बिथोलिएको स्नातकोत्तर पहिलो वर्षको परीक्षा रे । उनीहरूको क्याम्पसका विद्यार्थीको परीक्षा बिथोलिएको थियो रे, अनि त्यो परीक्षा पुनः सञ्चालन नभएसम्म उनीहरूको कलेजमा परीक्षा नै हुन नदिने रे । कस्तो तर्कहीन कुतर्क ! हामी त साँढेको जुधाइमा मिचिएका बाच्छा पो भएछौँ । सरकारी क्याम्पसमा हुने अनावश्यक राजनीतिको सिकार । फेरि विद्यार्थी नेता नै विद्यार्थीको भलाइका लागि भन्दै उनीहरूलाई खत्तम पार्न लागेछन् ।
यसैबीचमा १८ गते परीक्षा केन्द्र सरेको सूचना आयो । अब हामी जाँच दिन एक्टिभ एकेडेमी, वसुन्धरा जानुपर्ने भयो । यसले अब चाँही परीक्षा शान्तसँग दिन पाइन्छ कि भनेर ढुक्क बनायो ।
तर त्यसको भोलिपल्टै २३ देखि २९ सम्मका परीक्षा पुस १६ देखि २३ सम्मलाई सारिएको सूचना आयो । यसै अनुसार मेरो मङ्सिर २८ गतेको परीक्षा पुस २२का लागि स¥यो । सूचनामा ‘विशेष’ कारणवश भनिएपनि मिडियाहरूबाट खास कारण थाहा भइहाल्यो । स्वभावतः त्यो पनि विद्यार्थी राजनीतिकै परिणाम थियो, र विद्यार्थीका लागि क्रान्ति गर्ने नेताहरूले विद्यार्थीको भविष्यमाथि गरेको खेलबाडको अर्को पराकाष्ठा । अब पुस ११मा सकिनुपर्ने मेरो परीक्षा पुस २२ सम्म जारी हुने भयो ।
त्यसबाहेकका परीक्षा शान्तसँग नै सञ्चालन भए, हाम्रै केन्द्रमा मात्र भए पनि । तर, पुस १५ गते अगाडिसम्म पनि पहिलो दिन मङ्सिर १६मा रोकिएको परीक्षा कहिले हुने वा हुने नहुने केही ठेगान थिएन । बजारमा अब त्यो परीक्षा हुँदैन रे भन्ने हल्ला व्यापक थियो । कोही, सबैलाई अनुपस्थित गराएर फेल भएको रिजल्ट पठाउँछ भन्थे, कोही मात्र उत्तीर्णाङ्क भए पनि दिन्छ भन्थे । यस्तो शङ्काका बीच भएका अन्य परीक्षाहरूमा विद्यार्थीको प्रस्तुतिलाई पनि यो वातावरणले प्रभाव पारेको हुनुपर्छ ।
पुस १५ गते बल्ल उक्त परीक्षा पुस २६ गते हुने सूचना पायौँ । हुन त यसले हाम्रो परीक्षा सकिने तिथिलाई फेरि चार दिन सारेको थियो । तर, कहिले हुने हो ठेगान नभएको परीक्षाको मिति तोकिँदा हामी मख्ख परेका थियौँ ।
यस प्रकार बल्लबल्ल पुस २६ मा हाम्रो परीक्षा सकियो । थाहा भएकै कुरा हो, अब नतिजा आउन कम्तीमा पनि आठ महिना लाग्छ, अनि नतिजा नआई तेस्रो वर्षको परीक्षा हुनेछैन । फेरि पनि, तालिकाअनुसार तेस्रो वर्षको परीक्षा दसैँअगाडि कुनै पनि हालतमा हुनैपर्छ । यसमा हामी आजसम्म ढुक्क छौँ । तर विगतलाई हेर्दा के हुने हो थाहा छैन, किनभने हाम्रो देशमा विद्यार्थी सङ्कठन नामका विद्यार्थी विरोधी झुन्डहरू छन् । अब तेस्रो वर्षको परीक्षा ढिलो बनाउने सम्भावित कारण प्रस्तावित स्ववियु निर्वाचन हुनसक्छ । आगामी चैतमा हुनुपर्ने उक्त निर्वाचन कुन प्रक्रियाबाट गर्ने भन्नेमा उनीहरूबीच एक मत छैन, जसले उक्त कार्यक्रमलाई केही हप्तादेखि महिनासम्म पछि धकेल्न सक्छ । अनि, हाम्रो त्रिविमा एउटा कार्यक्रम पछि धकेलिएपछि त्यसपछिका सबै कार्यक्रमहरू पछि सर्ने प्रचलन छ ।
आशा गरौँ, मैले देखेको सम्भावना निरर्थक होस् । समयमै जाँच होस्, समयमै नतिजा आओस् । तीन वर्षमा सक्नुपर्ने कार्यक्रम चार वर्ष लागिसकेको छ, अब पाँचौ वर्ष पनि त्यसमै नबितोस् ।

No comments:
Post a Comment