यस पालिको तिहार भर्खर सकियो । तर अबको एक वर्षसम्म म भने तिहार कहिले आउला भनेर कुरी बस्न बाध्य भएको छु । कारण, यो तिहारले ममा देउसीभैलोप्रतिको आकर्षणलाई पुनर्जीवन दिएको छ ।
देउसीभैलोमा मेरो सहभागिताका यादहरू सम्झनामा अझै स्पष्ट छन् । विसं २०५८भन्दा अगाडि हाम्रो परिवार काभ्रे, पात्लेखेतमा बस्थ्यो । हाम्रो गाउँतिर औँसी ÷ लक्ष्मीपुजाको साँझ र राति केटीहरूले प्रस्तुत गर्ने कार्यक्रमलाई भैली ÷ भैलो भनिन्थ्यो । त्यसको भोलिपल्टको साँझ र राति केटाहरूले प्रस्तुत गर्ने कार्यक्रमलाई भने देउसी भनिन्थ्यो । सहरबजारको जस्तो बाह्य गीतमा नाचगान प्रस्तुत हुँदैनथे । भैलोमा “भैलिनी आइन् आँगन” शैलीका केही गीतका साथमा एकले भट्याउँदा सबैले “भैलिनी” भन्ने प्रचलन थियो । देउसी भने जहिले र जहाँ पनि “ए, भन मेरा भाइ हो — देउसिरे”बाट सुरु भएर भट्याउनेले केही सदावहार र केही परिस्थितिजन्य पदावली भन्दा अरुले “देउसिरे” भनेर सकिन्थ्यो ।
त्यस प्रकारको देउसीमा म एक रात मज्जासँग सहभागी भएको छु । भाइटिकाको अघिल्लो साँझदेखि भाइटिकाको दिन बिहान करिब आठ बजेसम्म हामी चारपाँच जनाले मट्टितेलको भाँडोमा कपडाको झुम्रो बालेर वरिपरिका टोल चहारेका थियौँ । जे होस्, रमाइलो भएको थियो । त्यसभन्दा अगाडि, उमेर अझ सानै भएको अवस्थामा नजिकका दुईतिन साथीसँग आफ्नै टोलमा ख्यालख्यालमा देउसी खेलेको पनि अलिअलि याद छ ।
काठमाडौँ आएपछि भने मलाई दुईतिन वर्षसम्म साथीहरूको अभाव खड्किरह्यो । फेरि, यहाँको देउसीभैलो हाम्रो गाउँघरको भन्दा अलि फरक हुने थाहा पाएँ । यहाँ, न कार्यक्रम “देउसी” र “भैलो” भनेर छुट्टिएको हुन्थ्यो न त सहभागी केटा मात्र वा केटी मात्र हुन्थे । केटा पनि केटी पनि सहभागी भएर औँसी, भोलिपल्ट र कतिपय समूहले त अझ पर्सिपल्ट (भाइटिकाको दिन) पनि देउसीभैलो खेल्ने चलन मलाई एक अर्थमा अझ राम्रो र रमाइलो लाग्यो । साथै उताका टोलीले एक घरमै लामो समयसम्म खेल्ने र फलतः धेरै दक्षिणा जम्मा गर्ने रहेछन् । टोलका प्रत्येक घरमा नभएर केही सीमित घरमा मात्र देउसी खेल्न भ्याइने रहेछ भने त्यसका लागि घरवालालाई पहिले नै पत्रद्वारा सूचित गर्नुपर्ने रहेछ ।
यताको देउसीभैलोमा खालि “देउसिरे” र “भैलिनी” मात्र हुँदैनथे । सहभागीहरूले आआफ्नो रुचि अनुसार अरु पनि गायन र नृत्य प्रस्तुत गर्ने रहेछन् ।
पाँचछ वर्ष अगाडि म मेरा स्कुले साथीहरूसँग मिलेर देउसीभैलोमा रमाएँ । २०६२मा हामीले हाम्रो बालक्लबकै नामसँग जोडेर तर बालक्लबको आधिकारिक निर्णयबिना देउसी खेल्यौँ । त्यसमा पाइएको रमाइलोबाट उत्साहित भएर २०६३को तिहार अगाडि हामीले नवप्रतिभा सांस्कृतिक समूह नामको अनौपचारिक टोली बनायौँ । त्यो सालको देउसीभैलोबाट उठेको पैचालाई बचत गरी आगामी वर्ष देउसीभैलो लगायतका अन्य कार्यक्रमका लागि खर्च गर्ने योजना पनि बनेकै हुन् । यो समूहलाई दिगो बनाउने कुरा पनि चलेकै हुन् । तर पछि खै, केकेमा कुरा मिलेन कुन्नि ! अर्कातर्फ साथीहरू पनि आआफ्नो बाटो लागे । त्यही नाममा, त्यही समूहले फेरि पनि देउसी खेल्ने अवसर कहिल्यै पनि आएन ।
त्यही समूहमा सहभागी केही साथीहरूले पछिल्ला वर्ष पनि देउसीको योजना बनाए । मलाई पनि सहभागिताका निरन्तर लागि आग्रह गरे । तर मैले निरन्तर उनीहरूको आग्रह अस्वीकार गर्दै आएँ । यसको मुख्य कारण नवप्रतिभा समूहका नाममा बुनिएका योजनाहरूलाई सबैले बिचमै छोडेको मलाई मन परेको थिएन र त्यसकै कारणबाट म देउसीभैलोप्रति निराशावादी बनेको थिएँ । फेरि देउसीभैलोमा विकृतिहरू भित्रिने क्रममा थिए । विशेषतः देउसीभैलोको संस्कृति र आम रूपमा नेपाली संस्कृतिसँग कुनै सम्बन्ध नै नभएका नाचगान देउसीभैलोकै नाममा प्रसतुत गरिने चलन सुरु भएको थियो । अर्कातर्फ समाजका धेरै परिवारले देउसीभैलोलाई ‘चन्दा सङ्कलन अभियान’का रूपमा बुझ्न थालेको मलाई लागेको थियो । समग्रमा, देउसीभैलोमा सहभागी नहुनका लागि मसँग थुप्रै कारणहरू थिए ।
यसबिच केही वर्षअघि कलामा रुचि र प्रतिभा भएका मेरा केही साथीहरूले ‘अभिनयद्वारा चेतनाका लहरहरू (अचेल)’ नामको समूह खोले, नियमित रूपमा नाटक कार्यक्रमहरू गर्ने उद्देश्यका साथ । यसले पनि वर्षैपिच्छे देउसीभैलोका योजनाहरू बुन्यो, मलाई निरन्तर सहभागिताका लागि आग्रह गर्दै गयो, मैले विभिन्न बहानामा निरन्तर अस्वीकार गर्दै गएँ । यस वर्ष पनि खै किन हो कुन्नि मलाई जान मन लागेन । त्यसैले सदाझैँ फेरि मैले उनीहरूको आग्रह अस्वीकार गरिदिएँ ।
तर पछि सोच्दै जाँदा मलाई मेरो सोचाइ र निर्णयप्रति एक प्रकारको पश्चाताप भयो । सोचेँ, विकृति छन् भन्दैमा सहभागिता नै नजनाउने भन्ने त भएन नि ! आफ्नो समूहलाई यस्ता विकृतिमा असंलग्न गराउन सकिन्छ नि बरु । अनि मान्छेले चन्दा सङ्कलन ठानून्, ठिकै छ, हामी चै संस्कृति संरक्षण र मनोरञ्जनका लागि यसलाई उपयोग गरौँ न । फेरि सबैले चन्दा सङ्कलन त नसम्झेलान्, हामीले देउसीभैलोलाई देउसीभैलोकै रूपमा बुझ्नेहरूकोमा मात्र खेल्न सक्छौँ नि त ! आखिर चाडपर्व भनेकै रमाइलोका लागि हुन् भने संस्कृति र परम्पराले उपलब्ध गराएको यति रमाइलो अवसरलाई किन सदुपयोग नगर्ने ?
त्यसैले मैले पुनर्विचार गरेको छु । यस वर्ष आफ्नै कारणले पुरा हुन नसकेको देउसी खेल्ने रहर आगामी वर्षका लागि साँचेर राखेको छु । अर्को वर्ष साथीहरूको प्रस्तावलाई सहर्ष स्वीकार गर्नका लागि तीव्र प्रतीक्षामा छु । तर डर छ कि बारम्बार अस्वीकार गर्ने मलाई उनीहरूले सायद् अब प्रस्ताव नै नगर्ने पो हुन् कि ! त्यस्तो अवस्थामा भने म आफैँले उनीहरूलाई देउसीभैलोको योजना बनाउन घच्घच्याउनुपर्ला ।

ल ल म पनि जान्छु है ...!!!
ReplyDelete