तिहार भन्नेबित्तिकै सम्झिइने कुराहरूमध्ये देउसीभैलो पनि एक प्रमुख पक्ष हो । सेलरोटी, फुलमाला र झिलिमिली बत्तीका बिच ‘देउसिरे’को सङ्गीत — दाजुभाइ र दिदीबहिनीबिच प्रेम र आत्मीयता बाहेक तिहारको सबभन्दा महत्वपूर्ण तत्व सायद् यही नै हो ।
हुन त देउसीभैलोको प्रचलन कुन समयमा, कोबाट, कसरी र केका लागि सुरु भयो भन्ने सम्बन्धमा मलाई पर्याप्त जानकारी छैन । भैली गीतका बिचमा धेरैले “हामी त्यसै आएनौँ, बलि राजाले पठाए” भन्ने गाएको सुनिन्छ । बलि राजाले केका लागि पठाएका थिए कुन्नि ! सायद् आजको युगसम्म आइपुग्दा देउसीभैलोको महत्व र आवश्यकतामा पनि परिवर्तन आइसकेको छ ।
अचेलका देउसीभैलो मुख्यतः दुई कारणबाट सञ्चालन हुने गरेको पाइएको छ । प्रथमतः चाडपर्वको रमाइलोलाई यसले थप उत्सवमय बनाउँछ, साथीभाइको जमघटसँगै टोलछिमेक घुमेर सबैसँग चाडपर्वको शुभकामना साट्ने अवसर दिलाउँछ । अर्को पक्ष भने देउसीभैलो मार्फत् अर्थ सङ्कलनको अभियान हो, जुन समाजका विभिन्न पक्षबाट यदाकदा आलोचित पनि छ । अनौपचारिक रूपमा जम्मा भएको समूहभन्दा पनि औपचारिक रूपमा सङ्गठित सामाजिक (विशेषतः गैर नाफामूलक) समूह र संस्थाहरूले देउसीमार्फत् आफ्नो आर्थिक कोष उकास्ने गरेको पाइन्छ । यसलाई कतिपयले संस्कृतिका नाममा विकृति भिœयाएको, जबर्जस्ती चन्दा सङ्कलन गरेकोजस्ता आरोप लगाउने गरेको पाइन्छ । यद्यपि व्यक्तिगत रूपमा म भने त्यस्तो विरोधको औचित्य देख्दिनँ । यदि कसैले परम्परागत संस्कृतिको एक अभ्यासलाई आफ्नो उद्देश्य प्राप्तिका लागि सिर्जनात्मक प्रयोग गर्न सक्छ भने के आपत्ति ? तर चासो यतिमात्र हो कि त्यसले कुनै पनि मानिसलाई इच्छा विपरीत कुनै क्रियाकलापमा सहभाग िनगराओस् । अझ प्रष्ट शब्दमा भन्दा दाताको इच्छा नभईकन पैसा उठाउने प्रवृत्ति भने स्थापित हुनु हुँदैन भन्ने कुरामा हामी सचेत हुनुपर्छ ।
अचेलका समयमा अभ्यास गरिने देउसीभैलो आफैँमा हाम्रा संस्कृति वा परम्परा कुन् कि होइनन् भन्ने कुरा पनि विवादित छ । कतिपय देउसीभैलो समूहले देउसीभैलो कार्यक्रममा देउसीको संस्कृतिसँग सम्बन्ध नै नभएका, अझ त्यसभन्दा पनि अगाडि बढेर नेपाली समाज र संस्कमृतिसँग पनि कुनै सम्बन्ध नै नभएका “मुन्नी बदनाम होई” पाराका गीत र नृत्य समावेश गरेका सन्दर्भमा यस्तो प्रश्न उठ्नु स्वभाविक नै हो । नाम देउसीभैलोको हुने, तर सुरुका दुई मिनेट “देउसिरे” भट्याएर त्यसपछिका दुई घण्टासम्म “मुन्नीलाई बदनाम गराउने” नाचगान गराउँदा अवश्य नै हाम्रो संस्कृति र परम्परा नै बदनाम हुन सक्छ ।
गत वर्ष मैले छिमेकमा एउटा वृद्ध टोलीको देउसीभैलो अवलोकन गर्ने (सु)अवसर प्राप्त गरेको थिएँ । उक्त टोलीको देउसीमा एउटा (मलाई नाम थाहा नभएको, एक झ्याइँझ्याइँ गर्ने आवाज निकाल्ने, दुई हातले बजाइने) बाजा बाहेक केही पनि थिएनन् । तर थिए, वर्षौदेखि देउसी भट्याएका मुख, सीप र शैलीहरू । उनीहरूले परिवेश र परिस्थितिलाई समेट्ने गरी देउसी भट्याउँदा सबै दङ्ग परेका थिए । साँच्चै नै त्यो देउसी निक्कै आकर्षक थियो । सायदै तिनीहरूको उद्देश्य पैसा कमाउने थियो होला । गाउँमै जन्मिए पनि एघार वर्षको उमेरमा काठमाडौँ पसेको मलाई देउसीको त्यो शैली थाहा थिएन । गत वर्ष उक्त देउसी हेरेपछि मात्र मलाई देउसीको परम्परागत शैली थाहा भयो । साथै उक्त कार्यक्रमले देउसीप्रति रहेको मेरो आकर्षणलाई थप सशक्त बनायो ।
हुन त म आफैँ पनि कतिपय देउसीभैलो कार्यक्रममा सहभागी भएको छु । तर पछिलला वर्षहरूमा भने मेरो देउसीप्रतिको आकर्षण घटेको थियो । कारण, देउसीभैलो कार्यक्रममा विकृति देखिन थाल्यो । दोस्रो, आम समाजले जुनसुकै देउसी टोलीलाई पनि “पैसा बटुल्न आएका त हुन् नि !” भन्ने दृष्टिकोणले हेर्ने गरेको जस्तो लाग्यो । तर यो वर्ष भने मलाई फेरि लागेको छ — समाजलाई लागेर के भो त, हामी आफ्नो तर्फबाट सकेसम्म र जानेसम्म संस्कृति बचाउने नै प्रयास गरौँ न ! भलै, कार्यक्रमबाट हाम्रो टोलीले केही मात्रामा अर्थ सङ्कलन पनि गर्न सक्ला ।
लाग्छ, मेरो पुस्ताका प्रायः धेरै युवाहरूलाई देउसीभैलोको परम्परागत शैली थाहा छैन । त्यसैले त हामी संस्कृतिका नाममा सबै प्रकारका नाचगानलाई देउसीभैलोमा समावेश गरिरहेका छौँ । यदि पोहोर मेरो छिमेकका पाका उमेरका मानिसले जस्तो सबै क्षेत्रका अघिल्लो पुस्ताका मान्यजनले आफ्नो विशिष्ट सांस्कृतिक परम्परालाई सक्रियताका साथ निरन्तरता दिए भने नयाँ पुस्ताले पनि त्यसको अनुशरण गर्न सक्ने थिए होलान् । साथै नयाँ पुस्ताले पनि देउसीभैलोलाई जथाभाबी नाचगानका रूपमा नबुझी मौलिक र अनुकरणीय परम्पराका रूपमा यसलाई पछ्याउने प्रयास गर्नु आवश्यक छ । यसो भयो भने मात्र देउसीभैलोको परम्पराले आधुनिकताको तडकभडकबिच पनि आफ्नो विशिष्ट पहिचान कायम राख्न सक्नेछ ।

No comments:
Post a Comment