यस पालिको दसैँले मज्जासँग मलाई विश्राम दियो, अन्य कुराहरूभन्दा महत्वपूर्ण हुने गरी । दसैँको सुरुवात हुनुभन्दा अगाडि म साह्रै व्यस्त थिएँ, आफू, आफ्नो परिवार तथा मेरा अन्य जिम्मेवारीसँग सम्बन्धित कामहरूले मेरो दैनिक तालिका पूर्वनिर्धारित हुन्थ्यो । अर्कातर्फ, सबै साथीहरू आआफ्ना काममा व्यस्त हुने भएकाले पनि म साथीहरूसँग घुलमिल गर्न पाउन्नथेँ ।
यो फुर्सदको समयमा मैले के गरेँ त ?
पहिलो — तेस्रो दिन
धार्मिक रूपमा बडा दसैँको पहिलो दिन घटस्थापना हो । मेरो दसैँ पनि यही दिन सुरु भयो, केही साथीहरूसँग काठमाडौँ उपत्यकाको केही बाहिर रहेको सुप्रसिद्ध ध्यान केन्द्र ओशो तपोवनको यात्रा गरेर । हुन त हामी त्यहाँ ध्यान गर्न गएका थिएनौँ, त्यहाँ रमाइलोका लागि गएका थियौँ । तर, अर्कातर्फ, त्यो ठाउँ रमाइलोका लागि छँदै थिएन । जे भए पनि त्यहाँका झरना, ओशो समाधि लगायतका स्थान हेरेर, अनि ध्यानका कोर्सहरूबारे जानकारी लिएर हामीले रमाइलो ग¥यौँ, साथमा त्यहीको शाकाहारी रेन्टुरेन्टको खाजा थियो । त्यसपछि एक घण्टाभन्दा बढी समय लगाएर बालाजुसम्म हिँडेर फर्कियौँ ।
अर्को दिन, मैले एक जना मेरो प्यारो साथीलाई सपिङ्को लागि साथ दिएँ । आंशिक रूपमा यो दसैँ सपिङ् भए पनि त्यसभन्दा महत्वपूर्ण केही अरू नै थियो । हामीले धेरै सपिङ् सेन्टरहरू चहा¥यौँ, धेरैमा “विन्डो सपिङ्” ग¥यौँ भने केहीबाट वास्तविक सपिङ् । खुब “मिठोसँग नाम राखिएको” एउटा रेस्टुरेन्टमा खाजा खाएपछि त्यो दिन सकियो । हुन त मेरो साथीले भनेअनुसार खाजा पनि त्यहाँको खुबै मिठो नै हो ।
तेस्रो दिन, मैले अरू दुई जना निकटतम मित्रहरूलाई सपिङ्को लागि साथ दिएँ । तर, हिजोको जस्तो रमाइलो भने भएन । केही न केही हामीबाट छुटेको थियो, अवश्य नै पर्याप्त समय !
चौथो — नवौँ दिन
दसैँ अझै पनि सकिएको छैन । सबै साथीहरू आआफ्नो परिवारमै रमाउन लागिसके, म अब के गर्ने होला ? फेरि म ताससास पनि त खेल्दिनँ । अब मलाई भने पूर्ण रूपमा फुर्सद भयो । मैले यसलाई पनि सकारात्मक रूपमा लिएँ — सङ्कल्प गरेँ म अब कसैका लागि केही गर्दिनँ । बरु म घरमै बस्नेछु । फलस्वरूप, मैले आमा र दिदीहरूलाई भान्छा तथा अन्य घरेलु काममा सिघाउने मौका पाएँ । त्यसैले त अचेल कान्छी दिदी मसँग मख्ख छे नि ! म पनि त धेरै खुसी भएको छु नि, मैले मेरा जीवनका लागि उत्तिकै महत्वपूर्ण धेरै सीपहरू सिक्न पाएको छु ।
मेरो यो क्रम (कृपया क्रम भन्नाले क्रमबद्ध र योजनाबद्ध कार्यक्रम नसम्झनुहोला । अरू कुनै उपयुक्त शब्द नपाएर मैले यो शब्द प्रयोग गरेको हुँ ।) दसैँको टिकाको अघिल्लो दिन महानवमीसम्म जारी रह्यो ।
दसौँ — बाह्रौँ दिन
यी तीन दिनहरू पूर्णतः परिवारका मान्यजनबाट टिकाजमरा लगाउन र आशीर्वाद थाप्नमा खर्च भए । सायद् यसलाई व्याख्या गर्नु पर्दैन होला । तपाईँलाई थाहा नै होला नि, हामी कसरी टिकाजमरा लगाउँछौँ ।
तेह्रौँ दिन
मैले मेरो जीवनमा अहिलेसम्मकै सबभन्दा गाह्रो शारीरिक श्रम गरेँ । के काम गरेँ, त्यो चाँहि ठ्याक्कै नभनौँ होला । केही कुरा त गोप्य नै राख्नुप¥यो नि ! त्यस गाह्रो श्रमको कारणले गर्दा मेरो हात यस्तोसँग दुख्यो कि म मध्यरातसम्म “ऐया ......... ऐया ...........” गरेर रुँदै थिएँ ।
चौधौँ दिन
मभन्दा ठ्याक्कै एक दिन जेठो साथीको जन्मदिन थियो त्यस दिन । उसले मलाई उसको बर्थ डे पाटीमा भाग लिन बोलाएको थियो । दुई जना साथीहरूसँग मिलेर म पनि त्यस पाटीमा सहभागी भएँ । एक्लो शाकाहारी भए पनि मलाई त्यहाँ रमाइलो नै भयो ।
पन्ध्रौँ दिन
सूर्यमासको क्यालेन्डरअनुसार आज मेरो जन्मदिन । मेरो परिवारमा, सूर्यमासीय जन्मदिनको त्यति महत्व हुँदैन, जति चन्द्रमासीय जन्मदिनको हुन्छ । (अर्थात्, मितिभन्दा तिथि महत्वपूर्ण हुन्छ ।) त्यसैले, परिवारका तर्फबाट मेरा लागि कुनै विशेष कार्यक्रम छैन । मैले फेसबुकमा, एस्एम्एस् र फोनमार्फत् “ह्याप्पी बर्थ डे” का शुभकामनाहरू पाएँ । मेरो आफ्नै तर्फबाट पनि कुनै उत्सवको कार्यक्रम छैन, किनभने मेरो कुनै योजना छैन । (भन्दिउँ न त) मैले योजना बनाउन भ्याइनँ । (हुन त कुनै योजना नै नभएको भने होइन, केही गर्न त खोजेकै हो । तर, यो योजना असफल भयो । कृपया त्यो के थियो नसोध्नुहोला । यदि सफल भएको भए म नसोधिकन नै बताइदिने थिएँ ।) त्यसैले म यहाँ घरमा एक्लै आनन्द गरिरहेको छु ।
दसैँलाई बिदा ! अर्को वर्ष भेटौँला ।
Friday, October 22, 2010
Saturday, September 11, 2010
जागिर ः अनुभवीलाई मात्र !
निश्चित योग्यता हासिल गरिसकेपछि आफ्नो र आफ्नो योग्यताको मूल्य खोज्ने मनोवृत्ति आम मानिसमा हुँदो रहेछ । यसैअनुसार, आफूलाई आवश्यक होस् वा नहोस् वा नहोस््, म पत्रिकाका पेजहरूमा आवश्यकताका विज्ञापनहरू (Vacancy Announcements) हेर्ने गर्दछु, नियमित रूपमा । हो, मलाई अहिले कुनै त्यस्तो रोजगारीको आवश्यकता पनि छैन, न त जागिरे हुने रहर नै । विज्ञापनहरूमा आँखा डुलाउनुको मेरो उद्देश्य हुन्छ ः आफू कस्तो–कस्तो कामका लागि सक्षम भएछु भन्ने पहिचान गर्ने र यसको सहयोगमा आत्ममूल्याङ्कन गर्ने ।
शैक्षिक योग्यता, इच्छाशक्ति, चासोको विषय आदि विविध पूर्वसर्तहरू पूरा भएपनि एउटा सर्तले सधै मलाई अयोग्य बनाउने प्रयास गरिरहेको हुन्छ — कम्तीमा पनि ‘निश्चित’ वर्षको सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव । म र मजस्ता सयौँ युवायुवतीले अभिव्यक्त गरे वा नगरेपनि अनुभव गरेको र आफ्नो मनमा उठाउने गरेको प्रश्न के हो भने काम गर्ने अवसर नै नपाई अनुभव कहाँबाट आउने ? नयाँ व्यक्तिलाई पनि कामका लागि पुरानो अनुभव चाहिने रहेछ, यहाँ ! कामले अनुभव दिने हो कि अनुभवले काम ???
उत्तर दिन सायद् रोजगारदाताका प्रतिनिधिहरूलाई पनि गाह्रो पर्ला । यो कुरामा विवाद गर्न मिल्दैन कि अनुभवले कर्मचारीको सम्बन्धित क्षेत्रमा ज्ञान र दक्षता बढाउँछ । “पढेरभन्दा परेर जानिन्छ” भन्ने उखान त्यत्तिकै जनजिब्रोमा स्थापित भएको होइन । यो पनि प्रायशः सत्य नै हुने गरेको छ कि नवप्रवेशीभन्दा अनुभवीहरूले नै कुनै पनि संस्थालाई राम्रोसँग सञ्चालन गरी राम्रो नतिजा दिलाउन सक्छन् । तर पनि, मेरो प्रश्न कहाँनिर हो भने नयाँ व्यक्तिले काम गर्ने अवसर नै पाएनन् भने अनुभवी व्यक्ति कसरी विकास हुन सक्छ ? आजको अनुभवी पनि त हिजो त नयाँ नै थियो होला नि, होइन र ? उसले पनि जागिरका लागि अनुभवको योग्यता कुर्नुपरेको भए आज ऊ अनुभवी हुन्थ्यो होला र ? कि उसले ‘नवप्रवेशी’ हुनुभन्दा अगाडि नै ‘अनुभवी’को दर्जा अथवा प्रमाणपत्र पाइसकेको थियो ?
हाम्रो नेपालमा शिक्षसँगै व्यवसायिक अभ्यास (जस्तो अरू देशमा Internshipको प्रचलन छ) को खासै प्रचलन नै छैन । यदि सबै विद्यार्थीले कोर्स पूरा गर्न कार्यमूलक अभ्यास गर्नैपर्ने अनिवार्य व्यवस्था गर्ने हो भने उनीहरूले पढ्दापढ्दै छोटो अनुभव प्राप्त गरिसकेका हुन्थे । यहाँ त एउटा पत्रकारिताको विद्यार्थी क्लासरुमबाट सिधै न्युजरुममा जान्छ (यदि मौका पायो भने) र आफूले कक्षामा पढेको सिद्धान्त सम्झिदै कार्यक्षेत्रको वातावरणबाट डराएर भाग्न पुग्छ । अन्य सबै क्षेत्रमा सिधै अध्ययन बाट कार्यक्षेत्रमा हाम फाल्नेहरू आफूले कहिल्यै नसोचेको समस्याका अगाडि रन्थनिन पुग्छन् ।
अनुभवले काममा दक्षता दिने हो, तर काम दिन नै अनुभव खोज्नु प्रकृतिविपरीत हो । कार्य–कारणको प्राकृतिक नियममा अनुभव कार्य हो भने त्यसको कारण काम हो । प्रकृतिको स्वभाव कामले अनुभव दिने हो, न कि अनुभवले काम । जबसम्म अनुभवलाई जागिरको पूर्वसर्त मानिन्छ, तबसम्म अनुभवी व्यक्तिको सङ्ख्या दिनानुदिन घट्दै जान्छ, किनकी अनुभवी बन्नका लागि एक नयाँ व्यक्तिले पनि कार्यक्षेत्रभित्र पस्न पाउनुपर्छ । यही प्रचलन रहेसम्म, बरोजगार सधै बेरोजगार रहन्छन्, अनि रोजगारलाई रोजगारीको मारामार हुन्छ । कार्यक्षेत्रमा कर्मचारीको अभाव हुन्छ, अनि कार्यक्षेत्रभन्दा बाहिर रहेकालाई कामको ।
आजका रोजगारदाताले चाहिँ कामको परिणाम अनुभव हो भन्ने प्राकृतिक सिद्धान्त नै नबुझेका हुन् कि ? अथवा उनीहरूले यसका विरुद्ध ‘अनुभवको परिणाम काम’को नयाँ सिद्धान्त प्रतिपादन गरेका हुन् ??

Sunday, September 5, 2010
अचेलको नाटक अभियान नयाँ ढङ्गमा
दिवाकर प्याकुरेल
कपन, २० भाद्र
विगत तीन वर्षअघि पशुपति क्षेत्रमा स्थापित अचेल नाट्यसमूहले नयाँ तरिकाबाट आफ्नो अभियानलाई अगाडि बढाएको छ । एकै दिन एउटै नाटक धेरै स्थानमा प्रदर्शन गरेर उसले यस्तो अभियान सुरु गरेको हो ।
गत भाद्र १९ गते उक्त समूहले गत भाद्र १९ गते शनिबार उक्त समूहले ‘कहिले बन्ला’ नामको नाटक काडमाडौँका छ स्थानमा प्रस्तुत ग¥यो । नाटक काठमाडौँको वसन्तपुर, रत्नपार्क, चाबहिल, गौशाला, पशुपति र जयवागेश्वरीमा उक्त नाटक देखाइएको हो ।
आयोजक समूहकी सञ्जिता पराजुलीका अनुसार नाटकले देशमा विद्यमान राजनीतिक गतिरोधलाई एउटा सर्वसाधारण घर, र त्यस घरका बालबालिकामा पर्न सक्ने असरलाई जोडेको छ । “बजारमा मट्टितेल छैन, चिनी छैन, पेट्रोल छैन । भए पनि भाउ आकासिएको छ । धारा छ पानी छैन । मोबाइल छ टावर टिप्दैन । संविधानसभाको निर्वाचन भएको २ वर्ष भयो संविधान बन्दैन । एउटा प्रधानमन्त्रीको चयन गर्न ३ महिना लाग्न लाइसक्यो । गाडीले पेटीमा हिँडिरहेको मान्छेलाई मार्छ । बालबालिका स्कुलबाटै अपहरण हुन्छन् । नेपाल बन्द, चक्काजामले बालबालिकाको स्कुल लाग्न पाउदैनन् । हाम्रो नाटकको विषयवस्तु यही हो ”, नाटकका निर्देशक अजित अर्यालले भने ।
अजित अर्यालको परिकल्पना तथा निर्देशनमा तयार भएको उक्त नाटकमा अजित अर्याल, सम्झना अधिकारी, अनिष राई र सञ्जिता पराजुलीको अभिनय थियो ।
अभिनयद्वारा चेतनाका लहरहरू (अचेल) युवाहरूकै सक्रियतामा करिब तीन वर्षअघि स्थापित नाट्यसमूह हो । यसले पुशुपति क्षेत्रमा नियमित रूपमा र विशेष अवसरमा छोटा नाटकहरू देखाउँदै आएको छ ।

Tuesday, August 24, 2010
लमुजुङ् यात्रा : जीवनको हिँडाइ
म किन यो लेख्दै छु ?
“दिवाकर, तिमी हाम्रो यात्राको संस्मरण लेख है !”, यात्राको पहिलो दिन नै मलाई रुबिना दिदीले एउटा महत्वपूर्ण जिम्मेवारी दिनुभएको छ । अर्कातर्फ मैले पढेको छु, "A thing DONE has no real existence…once it is done, its existence is finished. A thing MADE…exists until it decays or is destroyed. Once it is finished, its existence begins…Fact, finally, has no real existence, while fiction may last for centuries…Fact, in order to survive, must become fiction." ['Fiction, Fact and Truth', The Elements of Fiction, Elements of Literature]
यी दुई कारणहरूले गर्दा मैले आज लेख्नु छ । साँच्चै नै मैले आज यो लेखिँन भने यो त्यत्तिकै मर्छ, हराएर जान्छ — म बिर्सन्छु । आज मैले लेखेर राखेँ भने जहिले यो पढिन्छ, त्यति बेला याद हुनछ । अनि मैले यसलाई सधै अविस्मरणीय बनाउनु छ ।
तर, न त यो यात्रा संस्मरणजस्तो व्याख्यात्मक छ, न त fiction बनाउन चाहिने colour भरिएको छ । यो रुबिना दिदीले भनेजस्तो संस्मरण नहुन पनि सक्छ, fiction पनि होइन यो । यद्यपि, म यो लेख्दै छु किनकी यसले मेरा जीवनका सात दिनहरूलाई अविस्मरणीय बनाउँछ । अरू कसैका लागि नभएपनि, म त कमसेकम सम्झिनेछु ती दिनहरू ... ।
पृष्ठभूमि
गत साउनको १३देखि १९ गतेसम्म म लमजुङ्को एक हप्ते भ्रमणमा थिएँ । काठमाडौँबाट प्रस्थानको अघिल्लो दिन मात्र मैले यसको योजना थाहा पाएको थिएँ । एउटा महत्वपूर्ण अवसरका लागि आएको निमन्त्रण टार्न नसकेर मैले धेरै हतारमा निर्णय गर्नुपरेको थियो । आफैले त पर्याप्त तयारी गर्न नपाएको अवस्थामा मैले आफ्ना अत्यन्त निकट साथीहरूलाई पनि यसबारे खबर गर्न भ्याउने समय नै थिएन । साउन १३ गते बिहान ५ बजेअगाडि नै घरबाट निस्कनुअगाडि फेसबुकको वालमा लेखिदिएको सन्देशले धेरै साथीहरूलाई अचम्मित तुल्याएछ — फर्केर आएपछि फेसबुक खोलेर हेर्दा आएका कमेन्ट देखेपछि म आफैँ दङ्ग परेँ ।
तयारी
साउनको सुरुवातदेखि नै म समयको दबाबमा थिएँ । पत्रकारिताको एउटा पत्रअन्तर्गत मैले अमेरिकाको प्रेस इतिहासबारे एउटा लामै लेख लेख्नु थियो । यसको अन्तिम म्याद (Deadline) साउन १५ थियो । म भने साउन १३भित्रै यसलाई पूरा गर्छु भनेर साउन १२ गते घरमै अध्ययन र लेखनमा व्यस्त थिएँ । दिउँसो १२ः२० बजे एउटा फोन आयो । मैले आजसम्म पनि प्रत्यक्ष कुराकानी नगरेको तर नाममार्फत् धेरै चिनेकी सुशीला दिदीले कन्सोर्टियम (बालक्लबका लागि कार्यरत संस्थाहरूको साझा सञ्जाल)बाट फोन गर्नुभएको थियो । “दिवाकर भाइ, मैले तपाईँलाई life skills training का लागि कतै पठाएँ भने जान सक्नुहुनछ ?” उहाँको यो प्रश्नको उत्तर मैले दिनै सकिनँ किनकी उहाँले तालिम लिन कि दिन बोलाउनुभएको हो थाहा हुनै सकेन । अर्कातर्फ, न मिति, समय र स्थानको नै जानकारी भयो । कुरा गर्दै जाँदा उहाँले लमजुङ्को कुनै गाउँमा रहेका बालक्लबका सदस्यहरूलाई जीवनोपयोगी सीप तालिम दिन जानुपर्ने कुरा बताउनुभयो । “तपाईँ जाने हो भने भोलि नै हिँड्नुपर्छ । त्यसकारण मलाई तत्काल निर्णय दिनूस् ।” मैले उहाँसँग निर्णय गर्नका लागि एक घण्टा समय मागेँ, अनि दस मिनेटमा निर्णय गरेर सकारात्मक उत्तर दिएँ । त्यसपछि उहाँले हातेमालो सञ्चारकी निरिजना भट्टसँग सम्पर्क गरेर यात्राको थप योजना बनाउन आग्रह गर्नुभयो । पछि निरिजना दिदीसँग फोनमार्फत् दिउँसो ३ बजे हातेमालोमा भेट्ने सहमति भयो ।
“दिवाकर, तिमी त चार घण्टा हिँडुनुपर्छ रे !” निर्धारित समयभन्दा केही ढिला पुगेको मलाई नाटक गरेको धेरै अनुभव भएकी निरिजना दिदीले हाउभाउ र भावभङ्गिमासहित बताउनुभयो । यसले मेरो मनमा कताकता डर र कताकता उत्साह थप्यो । मभन्दा पहिल्यै हातेमालो बालक्लबकै पुर्वसदस्य रेडियोकर्मी रुबिना श्रेष्ठ आइसक्नुभएको थियो । हामीले हतारहतार पाँच दिनका लागि तालिमको योजना बनायौँ । बल्ल मलाई कुरा प्रष्ट हुँदै थियो कि हामी तीन जना लमजुङ्का तीन छुट्टाछुट्टै गाउँमा जानेछौँ । त्यसमा पनि म जाने ठाउँ अलि बढी दुर्गम र टाढा छ रे । उहाँहरू जत्ति हिँड्नुहुन्छ, म त्यसको दोब्बर हिँड्नुपर्छ रे । “ठिकै छ, हिँडौला” मैले यसलाई सहज स्विकारेँ । पाँच दिनको पूर्ण योजना बनाइनसक्दै म हातेमालोबाट निस्किएँ, बाँकी काम दुई दिदीहरूले पूरा गर्नुभयो । यसअछि हामी तिनै जनाले भोलि बिहान ६ बजे कलङ्की चोकमा भेट्ने सहमति गरिसकेका छौँ ।
हतारहतारमै निर्णय गरेर तयारी सुरु गरिसके पनि मैले आमाबासँग अनुमति मागेको थिइँन, न त सूचना नै दिएको थिएँ । विशेष कामले आमाबा त्यस दिन मामाघर जानुभएको थियो । बेलुका बा फर्कनुभयो, आमा भने उतै बस्नुभयो । बेलुका बालाई भोलि म जाने कुरा बताउँदा स्वीकृति त जनाउनुभयो, तर तयारीका लागि समय नभएकोमा उहाँको पनि चित्त दुखाइ थियो । “सबै आलाकाँचा रहेछौँ, ठुला मान्छे कोही छैन । राम्रोसँग जानू”, उहाँ भन्दै हुनुहुन्थ्यो । आमासँग फोनमार्फत् कुरा गरेँ ।
साउन १३ गते बिहान ६ बजे कलङ्की पुग्ने सहमति भए पनि म अलि छिटै पुगेछु । हामी तिनै जना करिब ६ः१५मा जम्मा भइसकेका थियौँ । हामीले कलङ्कीदेखि नै लमजुङ्, बेसीसहरसम्म जाने माइक्रोबस सजिलै पाइने सूचना पाएका थियोँ । त्यसैअनुरूप हामी सोधखोजमा लाग्यौँ । पछि हामीले यहाँबाट बस पाउन गाह्रो हुने निष्कर्ष निकाल्यौँ, र नयाँ बसपार्कतर्फ लाग्यौँ । नयाँ बसपार्कबाट करिब ७ः४५ बजे हाम्रो बसले गति लिन सुरु ग¥यो ।
कलङ्कीदेखि नै सुरु हुने काठमाडौँ र धादिङ्का केही जामहरू छिचोल्दै हामी करिब दिउँसो ३ बजे तनहुँ जिल्लाको बाइसजङ्घार भन्ने ठाउँमा पुग्यौँ । हामीलाई त्यहाँ तालिमको आयोजक संस्था महिला आपसी सहयोग केन्द्र (मआसके)का प्रतिनिधिहरू कुरेर बस्नुभएको थियो । उहाँहरू चार जना र हामी तीन जना गरी अब सात जना भयौँ । करिब १०—१५ मिनेट ओरालो हिँडेपछि मस्र्याङ्दीको झोलुङ्गे पुल तरेर हामी लमजुङ् जिल्ला प्रवेश ग¥यौँ । पुल तर्नेबित्तिकै ठाडो उकालो सुरु भयो । करिब २०—२५ मिनेट उकालो चढेपछि हामी धमिलीकुवा गाविसको पाँचभाइ भन्ने स्थानमा पुग्यौँ । यहाँबाट अब हामी कच्ची बाटोमा बसयात्रा गर्नेछौँ ।
राम नाम जप्दै
हुन त मलाई ग्रामीण क्षेत्रको कच्ची सडकमा बसयात्रा गरेको अनुभव नभएको होइन । तर पनि बसमा चढ्नेबित्तिकै मैले फरक अनुभव गरेको थिएँ । बसका पछाडिका सिटहरू खालि भए पनि त्यहाँसम्म जाने बाटो नै थिएन ! पछाडि जाने बाटोमा बोरामाथि बोरा राखिएका थिए । बस हिँड्ने बेला सबै सिट भरिए, बाँकी मानिस तिनै बोरामाथि बसे, अनि केही छतमा पनि । केही पर पुगेपछि मसँग काठमाडौँदेखि जानुभएका रुबिना र निरिजना दिदीहरू झर्नुभयो, आयोजक संस्थाका साथीहरूका साथ । अब हाम्रो टिमका म र उषा गुरुङ् (मआसकेकी प्रतिनिध) मात्र सँगै छौँ । केही पर पुगेपछि एउटा उकालो आयो । पानी परिरहेकै थियो । बस रोकियो । कसैले गाडी अगाडि बढ्न नसक्ने कुरा गरे, कसैले जसरी भए पनि जाने बताए । एक जना यात्रुले त मैप्रति लक्ष्यित गर्दै अब रातिसम्म हिँड्नुपर्ने कुरा बताए । मैले प्रत्युत्तरमा “म तयार छु” भन्ने जवाफ दिएँ । यत्तिकैमा केही युवाहरू बसबाट झरेर उक्त उकालोमा ढुङ्गा बिछ्याउन लागे । करिब दस मिनेट रोकिएपछि ड्राइभरले गाडी हाँक्ने निधो गरे । “ल सबै जना राम नाम जप्नोस् है ! के हुने हो ठेगान छैन” उनको यस्तो गम्भिर मजाकले सबैलाई हँसायो ।
अन्ततः मोटर माथि उक्लियो र ढुङ्गा छाप्न निस्केकाहरू सबै बसमा चढे । अनि त सबै मिलेर ड्राइभरको प्रशंसा गर्न पो लागे, “.............ले त कहिले पो फेल खाएको छ र !” त्यत्तिले मात्र नपुगेर अर्को ड्राइभरको खिल्ली उडाउन पनि उनीहरूले बाँकी राखेनन्, “फलानाले त बाँचुल्जेल पनि यो उकालोमा गाडी उकाल्न सक्दैन ।”
साँझको साढे ७ बज्नुभन्दा केही समयअघिमात्र हामी उक्त बसको अन्तिम स्टेसन भलायोखर्क गाविसको बोराङ्खोला पुग्यौँ । उषाजीले भन्नुभएको, वास्तवमा आज हामी कोल्कीसम्म पुग्नुपथ्र्यो रे । हामी नै काठमाडौँबाट ढिला आएकाले आज यहीँ बस्छौँ, अनि भोलि बिहानै कोल्कीतर्फ लाग्छौँ रे । हामीले बासस्थान खोज्यौँ । पहिलो प्रयासको असफलतापछि दोस्रो होटेलमा हामी बास बस्यौँ । म बसेको कोठमा जुनसुकै बेला पनि खोला बगेको आवाज आउँथ्यो । बेलुका पुगेको र बिहान सबेरै हिँडेकाले त्यो होटल र स्थानबारे मैले थप केही कुरा पनि थाहा पाइँन । तर पनि, उक्त होटेल सडकभन्दा केही तल रहेको र माथि सडकछेउमा एउटा ठुलो चौतारो रहेजस्तो लाग्छ ।
“हिँड्छु” भन्नु र हिँड्नुको फरक
भोलपल्ट बिहान ५ः३० बजे नै हामी निस्कियौँ । सुरुका ४५ मिनेटजति लमजुङ् र गोर्खाको विभाजक ऐतिहासिक चेपे नदीका किनारैकिनार तेर्सै हिँडियो । त्यसपछि भने दोभान भन्ने स्थानभन्दा केही तलबाट उकालो सुरु भयो । म आफूलाई पहिलेदेखि नै हिँड्नमा माहिर सोच्थेँ । आज भने मेरो परीक्षा हुँदै छ जस्तो लाग्यो । त्यसपछि निरन्तर आठ बजेसम्म उकालो बाटो हिँडियो । जम्माजम्मी तीन ठाउँमा हामी रोकियौँ । साढे दुई घण्टा हिँड्दा मेरा कपडा, कपडा लगाएर नुहाएजस्तै छपक्क भिजेका थिए पसिनाले । मैले आज बल्ल “म हिँड्न सक्छु” भन्नु र वास्तविक हिँड्नुमा कति फरक रहेछ भन्ने बुझेँ । साढे दुई घण्टाको बाटो हिँडेपछि अलिकति उचाइमा रहेको कोल्की भन्ने गाउँमा पुगियो ।
हुन त पहिले नै बताएजस्तै मलाई हिँडाइको दूरी र समयबारे सूचित गरिएको थियो । निरिजना दिदीका अनुसार चार घण्टा हिँड्नुपथ्र्यो । आयोजक मआसकेकी राधिका दिदीले भने डेढ–दुई घण्टा हिँडे पुग्ने बताउनुभएको थियो । तर, उषाजीका अनुसार त्यो कुरा मलाई आश्वस्त पार्न मात्र भनिएको थियो । हामीलाई सामान्यतः छिट्टै गतिमा हिँड्दा पनि ठ्याक्कै साढे दुई घण्टा लाग्यो । कोल्कीमै पुगेपछि बोराङ्खोलाबाट साढे दुई घण्टामा आइपुगेको बताउँदा सबैले छिटो हिँडेको भन्दा भने खुसी लाग्यो ।
फोनको समस्या
बोराङ्खोलामा मोबाइलको नेटवर्क लाग्दैन भनेर मलाई कसैले पनि समयमै सूचित गरेन । मस्र्याङ्दीदेखि पाँचभाइसम्मको उकालोमा नै निरिजना र रुबिना दिदीले घरमा फोन गरेर आइपुगेको जानकारी दिनुभयो । मैले भने पुग्नुपर्ने ठाउँमा नै पुगेपछि मात्र खबर गर्ने विचार गरेको थिएँ । तर दुर्भाग्य ! पाँचभाइबाट बस चढ्नेबित्तिकै मोबाइलको नेटवर्क गायब ! उषाजीहरूले हामी बस्ने ठाउँ कोल्कीमा भने नेटवर्क आउने कुराले मलाई विश्वस्त पार्न खोज्नुभो । म भने बोराङ्खोलामा न त मोबाइल, न त फोन, न त एफ्एम्को सुविधा भेट्दा नितान्त सम्पर्कविहीन भएँ । घरमा त्यसै दिन फोन गर्नुपर्ने भए पनि मसँग कुनै विकल्प थिएन । आनन्दले सुतेँ ।
“अब त टावर आयो नि सर !” भोलपिल्ट (१४ गते) बिहान झन्डै सात बज्नै लाग्दा उषाजीको यो कुराले मलाई खुसी तुल्यायो । मोबाइलले नेटवर्क देखाएपनि घरमा फोन लगाउन चार पटक प्रयास गर्नुप¥यो । बाले हिजो फोन नआएकोमा धेरै पिर गर्नुभएछ । आमाबा दुबैलाई आफ्नो मोबाइलमा सजिलै फोन नलाग्ने भएकाले फोन नगर्न, बरु मिलेका बखत आफैँ फोन गर्ने बताएँ । यसैअनुसार १५ गते बेलुका फोन गरेँ । १६ गते साँझ बाठमाडौँबाटै दिदीले फोन गरेकाले मैले फोन गरिरहनु आवश्यक रहेन । औपचारिक कार्यक्रम सकिएको दिन १८ गते बेलुका फोन गरेर आफू भोलिपल्ट बेलुका घर आउने जानकारी दिएँ ।
कोल्कीमा पनि कहाँ सजिलै फोन लाग्ने रहेछ र ? त्यसमाथि हाम्रो नमस्ते ! कुनैकुनै बेला म बसेकै ठाउँमा नेटवर्क लाग्थ्यो, कार्यक्रम भएको स्कुलमा भने शून्य । त्यसकारण एक हप्ताको बसाइँमा मैले जम्मा चार पटक मात्र फोन रिसिभ गर्न पाएँ, अनि तीन ओटा एस्एम्एस् । घरबाहेक कतै फोन गरिएन । साथीले बिहान पठाएका एस्एम्एस् म बेलुका पाउँथेँ भने मेरा प्रत्युत्तर उनीहरू भोलिपल्ट बिहान !
बाटोमा रुबिना दिदी मोबाइलबाट दैनिक फेसबुकमा अपडेट हुने कुरा सुनाउनुहुन्थ्यो । मआसकेका साथीहरूको जानकारीलाई आधार मानेर हामीले उहाँहरूलाई “फेसबुक त के फोन पनि चलाउन पाउनुहुन्न” भनेर जिस्काएका थियौँ । तर उहाँको ठाउँमा एन्सेलको नेटवर्क सजिलै उपलब्ध भएछ र फेसबुक पनि चलाउनुभएछ । निरिजना दिदीका गाउँतिर मोबाइल नलागे पनि ल्यान्डलाइन भएकाले घरको निरन्तर सम्पर्कमै हुनुभएछ । सबभन्दा बिचरामा त म पो परेँ त !
खानपिन र बसोबास
बोराङ्खोलामा पहिले नै बसिसकेको एक मान्छेलाई अर्को कोठामा सारेपछि मात्र मैले कोठा पाएँ । कोठाभित्र पसेर सामान थन्काउनेबित्तिकै मैले खानाबारे कुरा गर्नु उपयुक्त सम्झेँ । “उषाजी, खानाबारे कुरा गर्दा यो पनि भन्नुपर्ला कि, म माछा, मासु, अण्डा केही पनि खान्न ।” “हस्” भन्दै तल झर्नुभएकी उहाँ माथि चढ्दा भन्दै हुनुहुन्थ्यो, “सर्, यो त गुरुङ् बस्ती । राँगाको मासुबाहेक केही पाइन्न । चल्छ नि ?” “ओहो, उषाजी ! तपाईँ के बुझ्नुहुन्छ ?” अब म आफैँ तल झरेँ । होटलवाला दिदीले मासुको सट्टा दुधको व्यवस्था गरिदिने भइन् ।
अघिल्लो दिनको अनुभवले भोलिपल्ट १४ गते खानाको बारे आफै कुरा गर्न हौस्यायो । कोल्की पुगेको केही मिनेटमै हामी बस्ने स्थानीय होटलवाला दिदीलाई सोधेँ, “दिदी, हामीलाई खाना चाँहि के खुवाउनुहुन्छ नि ?” “त्यही त हो नि, दाल, भात, तरकारी । राँगाको मासु ।” “दिदी, म त माछा, मासु, अण्डा केही पनि खान्न है !” “अब के गरौँ त ? दाल, भात, तरकारी मात्र खानूस् ।” “हस् ।” भोलिपल्टदेखि आयोजक संस्थाका साथीहरूको आग्रहमा दाइले बिहानबिहान दुध ल्याइदिनुहुन्थ्यो । गाईभैसी पाले पनि दुधदही खाने चलन त्यति धेरै नभएकोमा मलाई अचम्म लाग्यो । खानाको गुणस्तरमा पनि चित्त नबुझेपनि मसँग अन्य विकल्प नै के थियो र ?
१४ गते साँझ मआसकेबाट राममाया थापामगर दिदी पनि आउनुभयो । तालिम हुने स्थान हिमालय मा.वि.की शिक्षिका शान्ता पौडेल पनि हामीसँगै हुनुहुन्थ्यो । अब हाम्रो टिममा चार जना भयौँ । बिहान मलाई दिइएको कोठामा दुई तथा उषाजीलाई दिइएको कोठामा एक ओच्छ्यान भएकाले साँझ फेरि कोठा साटासाट ग¥यौँ । यसरी साट्दा मैले पाएको कोठाको उचाइ कम थियो । कोठामा पस्नेबित्तिकै सिधै ओच्छ्यानमै पल्टिनुपथ्र्यो, किनकी उभिनका लागि न कुनै ठाउँ थियो, न त मेरो उचाइले नै दिन्थ्यो । बेलाबेलामा गफ गर्न उहाँहरूको कोठामा जान्थेँ ।
१४ गते नै साँझ राममाया दिदीको मुखबाट सुनेँ, “उषा ! हामी बस्ने घरमा त ट्वाइलेट नै छैन रे नि त !” “ला ! अब के गर्ने त ?” मेरा लागि यो कुरा आश्चर्यभन्दा पनि अत्यन्त उच्चस्तरकै अनपेक्षित सूचना थियो । “अँ, त्यो दाइले पल्लो घरमा भनिदिनुहुन्छ रे !”, उषाजीको यो उत्तरले पनि खासै सन्तुष्ट तुल्याएन — अब प्रत्येक बिहान उठ्नेबित्तिकै ट्वाइलेट खोज्न जानुपर्ने भो । अघिल्लो साँझ होटलवाला दाइले देखाइदिएको ट्वाइलेटमा १५ गते बिहान पुग्दा तालाबन्दी थियो । संयोगवश तालिमकै सहभागी एक बहिनीलाई भेटेँ र उनले आफ्नो घरको ट्वाइलेटसम्म पु¥याइन् । अब भोलि बिहान के गर्ने हो फेरि ? ..... भोलिपल्ट बिहान पनि देखाइएको ठाउँमा तालाबन्दी नै थियो । म केही पनि सरम नमानी हिजो गएको ठाउँमा गएँ । फर्किने बेला त्यस सहभागी बहिनीकी आमालाई भनेँ, “दिदी म बसेको ठाउँमा ट्वाइलेट रहेनछ । म त्यहाँ बसुन्जेल बिहानबिहान यहीँ आउँछु है !” “कति दिनसम्म ?”, उनको यो प्रतिप्रश्न पनि मेरा लागि अनपेक्षित नै थियो । तर भोलिपल्टदेखि भने पहिला दुई दिनमा बन्द रहेको ट्वाइलेट नै खुला भएकाले उक्त बहिनीको घरमा पुनः जानुपर्ने आवश्यकता नै रहेन ।
भाषाका कुरा
बोराङ्खोलामा बास बसेपछाडि कोल्की नपुगेसम्म उषाजीबाहेक अरू कसैको मुखबाट पनि मैले नेपाली भाषा सुनिन । हो, बाटामा भेटिनेहरू हामीलाई विभिन्न प्रश्न सोध्थे, गुरुङ् भाषामा, र उषाजी उत्तर दिनुहुन्थ्यो ।
१४ गते बिहान खाना खान तल झर्दा उषाजीका साथ अर्की एक महिला हुनुहुन्थ्यो । “सर, परिचय गरौँ”, उहाँले मलाई देख्नेबित्तिकै बताउनुभयो । मैले आफ्नो नाम, ठेगाना र आउनुको उद्देश्यबारे बताएपछि उहाँले भन्नुभयो, “म शान्ता पौडेल, यसै स्कुलमा पढाउँछु ।” मैले उहाँको अध्यापनको विषय सोध्दा उहाँले “English” भन्नुभयो । यस बेला दुई कारणले मेरो मन अलिकति हल्का भयो — पहिलो, मैले गैरगुरुङ् मातृभाषी मानिस भेटेँ, दोस्रो कारण, मेरो अध्ययनको भाषा अध्यापन गराउने साथी भेट्दा खुसी मानेँ ।
अचम्मको कुरा त के छ भने शान्ता म्याडम गुरुङ्को भन्दा राम्रोसँग गुरुङ् भाषा बोल्नुहुन्थ्यो । “मैले बिहानै कैसी खाएर आएको”, उहाँले नेपाली बोल्दा पनि गुरुङ् शब्द मिसाउनुभयो । उहाँ गुरुङ् बस्तीमा बसेको पाँच वर्षभन्दा बढी भयो रे, अनि नब्बे प्रतिशत गुरुङ् भाषा जान्नुहुन्छ रे । यसै कारण तालिम अवधिभर उहाँ मलाई गुरुङ् भाषा र लबजमा जिस्काइरहनुहुन्थ्यो । जे होस्, गुरुङ् भाषाका करिब दस शब्द त मैले पनि सिकेँ ।
तालिमको पहिलो दिन नै मैले सहभागी भाइबहिनीलाई तालिमको समयमा भने सकेसम्म नेपाली भाषा नै प्रयोग गर्न आग्रह गरेँ । जम्मा ३४ जना सहभागीमध्ये पाँच जनाबाहेक सबै गुरुङ् नै थिए । प्रवचन तथा लेखाइ–केन्द्रित क्रियाकलापमा त उनीहरूले नेपाली भाषा नै प्रयोग गरे । तर समूह छलफल (Group Work) र भूमिका निर्वाह (Role Play) का क्रियाकलापमा हामीले उनीहरूलाई गुरुङ् भाषा प्रयोग गर्नबाट रोक्न सकेनौँ । समूह छलफलको क्रममा उनीहरू गुरुङ् भाषामै छलफल गर्थे, अनि एक जनाले ती सबैलाई नेपाली भाषामा अनुवाद गरेर लेख्थ्यो । भूमिका निर्वाहमा त एउटा समूहले एक दिन पूर्णतः गुरुङ् भाषा प्रयोग ग¥यो ।
मलाई गाह्रो त्यति बेला पथ्र्यो, जब म बाटोमा हिँड्दा अलि बढ्ता उमेरका मानसिहरू मसँग गुरुङ् भाषामै विभिन्न प्रश्न गर्थे । मसँग चुपचाप आफ्नो बाटो हिँड्नुबाहेक अन्य विकल्प थिएन ।
तालिम र सहभागी
पाँच दिने तालिमको पहिलो दिन निर्धारित समयभन्दा अलि ढिला सुरु भयो । पहिलो दिन सहभागीहरू अलि निष्क्रिय देखिन्थे । दोस्रो दिनबाट उनीहरूको सक्रियता क्रमशः बढ्दै थियो । किशोरकिशोरीहरूको भिडमा विषय—विकेन्द्रित हल्लाहरू सामान्य नै भइहाले । यद्यपि मैले सकेसम्म प्रत्येक सत्र (Session) लाई आकर्षक र चाखलाग्दो बनाउने प्रयत्न गरेँ ।
सहभागीहरूको एउटा पक्ष मेरा लागि अनौठो थियो । सहरी क्षेत्रतिर बोल्न नलजाउने बालबालिकाहरू पनि नाच्न र गाउन लजाउन सक्छन् । मेरा सहभागीहरू सबै जुनसुकै समयमा पनि नाच्न र गाउन तयार हुन्थे । एउटा प्रश्न दस पटक सोध्दा पनि उत्तर नदिने एक जना बहिनी नाच्न गरिएको पहिलो आग्रहमै तम्तयार हुँदा मलाई अचम्म लाग्यो । त्यहाँका सबै भाइबहिनीमा “मैले नाच्न र गाउन जान्नुपर्छ र त्यो प्रतिभा देखाउनुपर्छ” भन्ने भावना थियो । त्यसैले त मनोरञ्जनका लागि छुट्याइएको समयमा म चुप लागिदिए पुग्थ्यो । उनीहरू नै को नाच्ने र को गाउने भन्ने मिलाइहाल्थे । नाचगान कुनै दिन पनि छुटेन । बेलाबेला राममाया दिदी, शान्तिा म्याडम र उषाजीले नै आफ्ना गीत तथा कविता प्रस्तुत गर्नुहुन्थ्यो । भाइबहिनीलाई पनि उहाँहरू निकै उत्प्रेरणा दिनुहुन्थ्यो ।
अधिकांश सहभागीहरूले समूह छलफलमा सक्रियता देखाउँथे । यसबाहेक विभिन्न खेलहरू खेल्दा उनीहरू बढी रमाएको देखिन्थ्यो । सहभागीहरूले प्रस्तुत गर्ने समूह कार्यको निष्कर्ष र भूमिका अभिनयले मैले सिकाउन खोजेका कुरा बुझेजस्तो लाग्थ्यो । प्रत्येक दिनको सुरुवातमा म अघिल्लो दिनको विषय पुनरावलोकन गराउन दस ओटा छोटा प्रश्न गर्थेँ ।
तालिमको सुरुवातका दिन अलिकति गैरजिम्मेवार र कम गम्भिर देखिएका भाइबहिनीहरू अन्तिम दिनमा पुग्दा अलिकति बढी जिम्मेवार, सचेत र गम्भिर देखिएका थिए । दुई जना भाइले त अन्तिम दिन मलाई “तपाईँले सिकाएका कुराले मेरो म मन नै छोयो” भन्थे । समाप्तिमा सल्लाहसुझाव लिँदा धेरैले तालिम उपलब्धिमूलक भएको बताए ।
तालिमको पहिलो दिन म बनाइएको समयतालिकाभन्दा अलि पछाडि थिएँ । दा्स्रो र तेस्रो दिन समयतालिकाअनुसारै काम भयो । चौथो दिन मैले एउटा क्रियाकलाप नै हटाएर अलिकति अगाडि बढेँ, किनभने पाँचौ दिन हामीले छिट्टै सक्नु थियो ।
प्रत्येक दिन हामी — उषाजी, शान्ता म्याडम, राममाया दिदी र म — तालिम कस्तो भयो र अब के गर्दा झन् राम्रो हुन्छ भन्ने विषयमा छलफल गथ्र्यौँ ।
बिदाइ
पाँचौ दिन स्कुलका बिहानी कोचिङ् कक्षाहरू सकेर खाना खान आउँदा सहभागीहरू माला लिएर आएका थिए । हामीले पहिलो दिन नै बनाएका ‘गोप्य साथी’लाई आफ्नै हातले बनाएको उपहार दिनुपर्ने थियो । “ती के गोप्य साथीलाई दिने गिफ्ट हुन् ?”, मैले उषाजीलाई सोधेँ । “होइन होला सर !” “किन त ती ?” “हेर्दै जानूस् न । भरे थाहा भइहाल्छ नि ।” पछि बुझ्दै जाँदा सहभागीहरूले हाम्रो बिदाइका लागि ती माला ल्याएका रहेछन् ।
तालिमकै विषयवस्तुका क्षेत्रमा मैले पाँचौ दिनलाई एउटा समूह कार्य मात्र बाँकी राखेको थिएँ । सुरु हुनेबित्तिकै अघिल्लो दिनको पुनरावलोकन गरेपछि मैले समूह विभाजन गराएँ । तर सहभागीहरूले समूह कार्यमा हिजोअस्तिको जस्तो जाँगर र उत्सुकता देखाएनन् । किन त ? अधिकांश गोप्य साथीलाई दिने उपहारलाई रङ्गरोगन गर्न व्यस्त थिए । कोही भने सकारात्मक खाममा आफ्ना साथी र हामीलाई सकारात्मक पक्ष र सुझाव समेटिएको कमेन्ट गर्न व्यस्त थिए । प्रायः सबैको अनुहार हिजोअस्तिको भन्दा गम्भिर र सोचमग्न देखिन्थ्यो । त्यसैले सबै समूहले कार्य पूरा गर्न सकेनन् । एउटा समूहमा त सबै सहभागीहरूले नगर्ने भने । मैले पनि अन्तिम दिन सबै बिदाइको मुडमा भएकाले उनीहरूको भावनालाई चोट पुग्ने डरले केही भनिनँ ।
सामूहिक कार्यको प्रस्तुतिपछि पहिलो दिनदेखि सिकेका दस सीपको पुनरावलोकन गरियो । सुरुमा बताएका उद्देश्य पूरा भए–नभएको जाँचियो । सहभागीहरूको तर्फबाट फिडब्याक सङ्कलन गरियो । आयोजकका तर्फबाट राममाया दिदीले प्रत्येक बालक्लबलाई कार्ययोजना बनाउन लगाउनुभयो ।
सहभागीका तर्फबाट एक जना भाइ र एक जना बहिनीले आफ्नो भनाइ राखे । उनीहरूले तालिममा बताइएका सीप आफूलाई धेरै प्रयोगयुक्त लागेको बताए । मैले सबै सहभागीहरूलाई सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरेँ । साथै यस्तो मौका सबै बालबालिकाले नपाउने बताउँदै यस्तो महत्वपूर्ण अवसर पाएकोमा बधाइ दिएँ । उनीहरूका सकारात्मक खाममा मैले लामा–छोटा व्यक्तिगत कमेन्टहरू छोडिसकेको थिएँ । तिनमा विशेषतः मैले देखेका उनीहरूका राम्रा र सुधार्नुपर्ने पक्षहरू थिए । शान्ता म्याडमले अब आफूलाई विद्यार्थीहरूलाई अनुशासनको बारे सम्झाउन थप बाटो खुलेको बताउनुभयो । उहाँले जे भने पनि सारांशमा जीवनउपयोगी सीपको सारांश पनि आत्मअनुशासन नै भएकाले सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । स्थानीय कोल्की गाउँ बालसंरक्षण समितिका अध्यक्ष धनबहादुर गुरुङ्ले पनि तालिम दिने संस्थालाई धन्यवाद दिँदै सिकेका कुरा व्यहारमा उतार्न भाइबहिनीलाई आग्रह गर्नुभयो ।
अब भाइबहिनीले नाचगान गरे । मलगायत आयोजक संस्थाका साथीहरूलाई अबिरको टिका र फूलका मालाहरू लगाइदिए । फोटाहरू खिचिए । हाँसो र दुख सँगसँगै साटासाट गरिए । एकआपसलाई धन्यवाद दिइए । ‘फेरि भेट होओस्’का कामना गरिए । कहिल्यै नबिर्सने प्रतिबद्धताहरू जनाइए । बिदाइका “बाइबाइ” र “फेरि भेटौँला”का शब्दहरू वाचन गरिए । मायापूर्ण भावमा हातहरू हल्लाइए । मुस्कानहरू साटिए । यी त देखिएका कुरा भए । अझ नदेखिने मनले केके महसुस गरे होलान्, म कसरी लेख्न सक्छु ???
केही बहिनीहरूले आफू मङ्सिरमा काठमाडौँ भ्रमणमा आउने र त्यति बेला मलाई भेट्ने बताए । मैले कथंकदाचिद् लमजुङ् आएमा कोल्की आउने र आफ्ना भाइबहिनीलाई भेट्ने प्रतिबद्धता पहिले नै जनाइसकेको थिएँ । धेरै भाइबहिनीले मेरो फोन नम्बर मागे, अनि फोन गर्ने कुरा बताए ।
पाँच दिनसम्म सँगै सिकेका, सँगै सिकाएका, सँगै खेलेका, सँगै नाचेका, सँगै गाएका, सँगै रिसाएका, सँगै हल्ला गरेका, सँगै झगडा गरेका हामी अब छुट्टिसकेका थियौँ ।
बिदाइपछिको यात्रा
त्यसपछि हामी होटलवाला दिदीसँग बिदाबादी भएर गौडासम्मको यात्रा पूरा गर्ने योजनामा थियौँ । बाटोमा हिमालय मा.वि.का व्यस्थापन समितिका अध्यक्षसँग भेट भयो । उहाँले पनि हामीलाई धन्यवाद र यात्राका लागि शुभकामना दिँदै स्कुलले अपेक्षित सहयोग गर्न नसकेको भए क्षमा माग्नुभयो । मैले स्ुकलका तर्फबाट शान्ता म्याडमको उपस्थिति रहेको र उहाँबाट पर्याप्त सहयोग मिलेको बताएँ ।
पहिलो भेटमै मेरो मनलाई हल्का बनाउने शान्ता म्याडमसँग पनि बिदा हुनुपर्ने बेला भयो । यद्यपि उहाँले पनि बेलाबेला एस्एम्एस् र फोनमार्फत् सम्पर्क गर्ने बताउँदै मलाई पनि त्यसका लागि आग्रह गर्नुभयो । उहाँले मलाई भाइका रूपमा सधै सम्झिरहने बताउँदा म खुसी भएँ ।
अब दिउँसोको करिब ४ः३० बजेतिर हामी तीन जना — म, उषाजी र राममाया दिदीले गौडातर्फको आफ्नो यात्रा सुरु ग¥यौँ । गौडा जाने बाटो तेर्सो नै थियो, त्यसकारण अलि सजिलो थियो । बीचमा वनको क्षेत्र पार गर्नुपर्नेरहेछ । बाटामा जुकाले टोकेर हैरान ! एकलाई लागेको जुका अर्काले निकालिदिदै हामी बाटो लाग्यौँ । बाटाभरि राममाया दिदीका मिठा गीत सुनिए । हाम्रा नियमित गफगाफ त किन रोकिन्थे र ? फोटोप्रति अत्यन्त सौखिन उषाजीको इच्छा पूरा गर्न बाटोभरि फोटो खिच्दै आउँदा गौडा आइपुग्दा क्यामराको ब्याट्री नै सकिइसकेको थियो । फोटोका लागि रोकिदै आएकाले हामीलाई तुलनात्मक छोटो र सजिलो बाटो पूरा गर्न पनि करिब तीन घण्टा लाग्यो । बाटैदेखि राममाया दिदीले गौडाको होटलवाला दाइलाई फोन गरेर खाना र बसोबासका लागि हामी आउने जानकारी गराइसक्नुभएकाले पनि हामीले हतार गरेनौँ ।
साढे सात बजे होटल पुगेर कोठामा पसेपछि जुत्ता खोल्दा पो थाहा भयो — मलाई त जुकाले भसक्कै पारेछ । देब्रे खुट्टाभरि रगतैरगत !
गौडाको होटल कोल्कीको भन्दा अलि “प्रोफेसनल” देखिन्थ्यो । मलाई दिइएको कोठमा पाँच ओटा ओच्छ्यान लहरै मिलाएर राखिएका थिए । धारा र ट्वाइलेट पनि सँगै थिए । कोल्कीमा भर्खरै जडित सोलारमा मोबाइल चार्ज गर्ने सुविधा थिएन । यहाँ जलविद्युत्ले झिलीमिली थियो । खानाको गुणस्तर पनि अलि राम्रै पाइयो । मोबाइलको नेटवर्क सजिलै उपलब्ध भएकाले यही मौकामा घरमा फोन गरेर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र आफू भोलि घर आउने जानकारी गराएँ ।
भोलिपल्ट बिहान करिब ७ः१५ बजेतिर हामीले होटेल छोड्यौँ । हिँडाइको करिब १५ मिनेटपछि नै राममाया दिदी आफ्नो घरतर्फ लाग्नुभो । उहाँसँग पनि बिदाइको दुःख र हाँसो एकसाथ साटासाट गरियो । ओरालो बाटोको निरन्तर यात्रामा अब पहिलो दिनजस्तै उषाजी र ममात्र थियौँ । ओरालोको यात्रा उकालोजस्तो कठिन नहुने मेरो सोचाइ पुनः फेल खायो । ओरालो हिँड्नु पनि उकालोभन्दा कम कठिन होइनरहेछ । करिब आधा घण्टाको तेर्सो बाटोबाहेक अधिकांश ओरालो बाटोमा हामी एक पटक पनि थकाइ मार्नकै लागि भनेर झोला बिसाएर रोकिएनौँ । फोटो खिच्न भने ठाउँठाउँमा धेरै पटक नै रोकियौँ । बाटामा भेटिएका ठुल्ठुला धारा, खोलानाला र चौताराले मलाई लोभ्याए ।
करिब साढे दस बजे हामी आयोजक मआसकेको कार्यालय, भोटेओडार आइपुग्यौँ । विश्रामबिनाको झन्डै सबा तीन घण्टाको हिँडाइले भोक र थकाइ जगाएको मैले प्रष्टसँग महसुस गरिसकेको थिएँ । कार्यालयमा पुगेपछि हामी गौडादेखि भोटेओडारसम्म तीन घण्टामा आइपुगेको बताउँदा कार्यालयका साथीहरू छक्क परेँ । यसले हामीलाई भने खुसी नै बनायो । उहाँहरूका अनुसार यो सामान्यतः पाँच घण्टाको बाटो रे ! हामीले त साँच्चै नै पो हिँडेछौँ त हो ।
छ दिनअगाडि पाँचभाइदेखि बोराङ्खोलासम्मको कच्ची बाटोमा छुट्टिएका रुबिना र निरिजना दिदीलाई भेटेर तालिमको अनुभव आदानप्रदान गर्न म अत्यन्त उत्सुक थिएँ । हाम्रो अपेक्षा उहाँहरू हामीभन्दा पहिल्यै आइपुग्नुभयो होला भन्ने थियो । तर उहाँहरू करिब १२ बजेतिर मात्र कार्यालय आइपुग्नुभयो । एउटै टोलीमा एउटै उद्देश्यका लागि आए पनि छुट्टिएर बसेका हामी छ दिनपछि एकअर्कालाई भेट्दा निक्कै खुसी भयौँ । आयोजकहरूसँग तालिमको अनुभवबारे एक छिन कुरा भयो । खाना खायौँ । संयोग मिले फेरि भेट्ने वाचासहित हामी दिउँसो २ः३० बजे भोटेओडारबाट काठमाडौँका लागि माइक्रोबस चढ्यौँ । अब हामीले उषाजीलगायत मआसकेका सबै साथीहरू मात्र नभएर सिङ्गो लमजुङ्लाई नै बाइबाइ भन्यौँ । सबैसँग पुनः भेट्ने वाचा त छँदै नै थियो ।
माइक्रोबसमा पनि तालिम अवधिभर भएका रमाइला–नरमाइला अनुभव आदानप्रदान भए । निरिजना दिदी अलिक धेरै नै थकित देखिनुभएकाले खासै धेरै कुराकानी भने भएन । हामी करिब बेलुकाको ७ः३० बजे कलङ्की आइपुग्यौँ । निरिजना र रुबिना दिदी यहीँबाट आआफ्नो घरतर्फ लाग्नुभयो । म भने सोही माइक्रोबसमा नयाँ बसपार्कसम्म आएँ । करिब ८ः१५ बजे म घर आइपुग्दा आमाबा, दिदीहरू र भान्जाभान्जीको न्यानो स्वागत पाएँ ।
प्रतिक्रिया
फर्किएको दुई–तीन दिन पछिसम्म पनि “भ्रमण कस्तो भयो ?” भन्ने प्रश्न आइरह्यो । मैले सबैलाई ‘रमाइलो र दुःखमिश्रित’ तथा ‘स्मरणीय’ रहेको प्रतिक्रिया दिएँ । एक जना दाइले आफूले सात दिनपछि बुधबार (१९ गते) मात्र गाडी देखेको कुरा बताउँदा “नेपाल भनेको काठमाडौँ मात्र हो कि क्या हो त भाइ ? वास्तविक नेपाल त त्यो पो हो त !” मैले हाँसेर स्वीकार गरेँ । केही दिनपछि एक साथीलाई पनि मेरो हिँडाइबारे बताउँदा “त्यो दुःखलाई त तिमीले adventure का रूपमा पो लिनुप¥यो त !” भन्यो । त्यसलाई पनि हाँसेर स्विकारेँ ।
सँगै लमजुङ् जानुभएकी निरिजना दिदीले फर्केपछि फेसबुकमा लेख्नुभएको छ, “नेपाल हेर्न काठमाडौँ होइन, तिमी लमजुङ जाऊ । पाखापर्वत हेर्न चाहान्छौ भने चार घण्टा हिँडेर दिवाकरजस्तै कोल्की जाऊ । हाहाहा ... ।” यो स्ट्याटस्ले पनि मलाई राम्रै फिडब्याक दिएजस्तो लाग्यो ।
फर्किएको भोलिपल्ट कि पर्सिपल्ट बिहान घरमा खाना खाने बेला आमाबाले “लमजुङ्मा के खायो होला ?” भन्ने प्रश्न गर्नुभयो । घरमै त कुनै पनि खानामा चित्त नबुझाउने म एक–एक हप्ता त्यस्तो ठाउँमा बसेर आएको थिएँ । खानपिनबारे बताएपछि बाले भन्नुभो, “अब तँ लमजुङ् मात्र होइन, अझ दुर्गम ठाउँमा जा । कर्णाली जा । अनि थाहा पाउँछस् जीवनको दुःख भनेको के हो !”
“भाइले त फलफूलको अनुहार पनि देखन पाउनुभएन रे नि, है !” लमजुङ्बाट फर्किएको दुई–तीन दिनपछि एक जना दिदीले अनलाइन कुराकानीमा भन्नुभयो । मलाई लाग्दै थियो कि ती दिदीलाई म लमजुङ् गएको कुरा नै थाहा छैन । तर यहाँ त कुरा निकै अगाडि बढेर के खाएँ र के खान पाइँन भन्नेसम्म पनि सबैलाई थाहा भइसकेछ बा ! तर, दुःखको कुरा, सफलताको भन्दा समस्याको समाचार अगाडि पुग्न भ्याएछ उहाँसँग पनि !
फर्किएको भोलिपल्ट बेलुका एक जना सहभागी भाइले फोन ग¥यो । कुरा सकिने बेला उसले सोध्यो, “सर, हामीलाई केही भन्नु छ कि ?” म अलमल्लमा परेँ, मैले भन्नुपर्ने कुरा पाँच दिनमा भनिसकेको थिएँ, के नै बाँकी छ र ? अर्कातर्फ, यदि मैले पुनः उनीहरूलाई भेटेँ भने भन्नुपर्ने कुरा धेरै भइसके, सबै कुरा फोनमै भन्नु कहाँ सम्भव छ र ? ‘धेरै भन्नु छ, तर केही भन्नु छैन’ आशयको उत्तर दिएँ । त्यसपछि केही भाइबहिनीले फोन गरे । बिचरा भाइबहिनीहरू — ल्यान्डलाइन फोन छैन, मोबाइलको नेटवर्कको हालत त्यस्तो छ । र पनि, फोन गरिरहन्छन् । शान्ता म्याडम र उषाजीसँग प्र.ायशः एस्एम्एस् (र कहिलेकाँही फोन) आदानप्रदान भइरहन्छ । उहाँहरूमार्फत् भाइबहिनीलाई सम्झना पठाइरहन्छु ।
केलेजमा एक हप्ता नहुँदा छाडेर गएको एउटा कार्यमा थप दुई ओटा जोडिइसकेछन् । एउटा त अझै पनि सुरु गर्न सकिएको छैन । परीक्षा नजिकै छ । म कहिले पूरा गर्छु होला त्यो काम ?
जे भए पनि, लमजुङ्को एक हप्ते बसाइमा जति नै समस्या भए पनि अत्यन्त रमाइलो, उत्साहजनक, अविस्मरणीय र सफल रह्यो । समस्या नै नआए त समाधानको लागि कसले पहल गर्छ त ? अनि समस्याबिना विकास र प्रगति पनि समभव छैन नि । हामीले समस्याबाट डराउने होइन, जुधेर अगाडि पो बढ्ने हो त । हाम्रो जीवनको यात्रा पनि मैले लमजुङ्मा गरेको अनुभवजस्तै त हो नि ! हाम्रा अगाडि समस्या आउँछन्, तर हामीले रमाइलोका रूपमा लिन सक्नुपर्छ । हामीले सिक्ने–सिकाउने जीवनोपयोगी सीपको मुख्य सन्देश नै त्यही त हो, कि कसो त ?

Tuesday, June 22, 2010
अक्षरको डर
सबै विद्यार्थीहरूमा परीक्षा दिइसकेपछि नतिजा नआउन्जेलसम्म डर हुने गर्छ । हुन त मलाई अरू साधारण विद्यार्थीहरूको जस्तो धेरै डर त हुँदैन । तर पनि, नतिजा आउन लाग्यो भन्नेबित्तिकै एउटा किसिमको डर भने आइहाल्छ । अक्षरको डर । न परीक्षकले मेरो अक्षर नै बुझेन कि ?
मैले बाल्यकालदेखि नै धेरै कुरा सुनेको छु, राम्रा अक्षर कस्ता हुनुपर्छ भनेर । मैले व्यक्तिगत रूपमा अक्षर नराम्रो भएकै कारणले आजसम्म कुनै निर्णायक परीक्षामै असफल हुनुपरेको त छैन, तर आन्तरिक परीक्षाहरूमा परीक्षकको मप्रतिको पहिलो कमेन्ट हुन्छ, “कस्तो नराम्रो अक्षर !”, “यदि तिम्रा अक्षर राम्रा भइदिएका भए ...”, “मैले तिम्रो ५ अङ्क घटाइदिएँ किनकी ...”, "You have so terrible handwriting" आदिआदि ।
एक जना सरले केही समयअघि भन्नुभयो, “हेर भाइ, तिमीले आफ्नो अक्षर सुधार है । नत्र पछि तिमीले दुःख पाउछौ ।” मेरा लागि यस्ता सुझाव कुनै नयाँ थिएनन्, त्यसैले त सजिलै भनिदिएँ, “ह्या.... । आजसम्म चलिरहेको छ । चल्दै जान्छ । जे होला होला ।” यो कुरा सुनेपछि सरले भन्नुभएको अर्को कुरा भने अलि गम्भीर नै थियो । “तिमीलाई थाहा छ कि छैन, मानिसले लेख्ने अक्षरले उसको मनोवैज्ञानिक अवस्था (Psychological state) बताइरहेको हुन्छ । तिमी आफ्नो अक्षर जस्ता हुन् वास्ता गर्दैनौ भन्नुको अर्थ हो, तिमी आफ्नो जीवन पनि जता जान्छ, जाओस् भन्ठान्छौ । खासै वास्ता राख्दैनौ आफैप्रति ।” मैले यो कुरामा सहमति जनाउन त सकिनँ नै, न त विरोध नै गर्ने हिम्मत गरेँ ।
एक जना म्याडम हुनुहुन्छ । प्रत्येक परीक्षाको नतिजा आएपछि मलाई भन्नुहुन्छ, “तिमी आफूले पढाइमा खर्च गर्ने कुल समयको २५ प्रतिशत अक्षर सुधार्न खर्च गर । क, ख, ग, घ, A, B, C, D देखि नै सुरु गर ।” कक्षाका साथीहरूबीच म हाँसोको पात्र हुन्छु । तर पनि अहँ म त्यहाँ केही गर्न सक्ने अवस्थामा हुन्न ।
बेलाबेलामा शिक्षकहरूबीच विद्यार्थीको प्रस्तुतिबारे छलफल हुन्छ रे । अरू साथीहरूका विविध पक्षमा कुरा हुन्छन् रे । तर मेरा बारे सरम्याडमले के भन्नुहुन्छ त ? अवश्य पनि मलाई यसमा चासो हुने नै भयो । अप्रत्यक्ष रूपमा यो कुरा थाहा पाउन म विविध प्रश्न सोध्छु । फेरि पनि मेरो अरू कुनै पक्षभन्दा पनि त्यही विषयको चर्चा हुन्छ, “यसको अक्षर राम्रो छैन । बुझ्न गाह्रो छ ।”
केही दिनअघि मैले एक पुस्तकमा पढेँ “अक्षराणी बाटुलानी, घनानी र पृथक्पृथक् ।” अर्थात्, अक्षरहरू बाटुला, बाक्ला र फरकफरक छुट्याएर लेख्नुपर्छ रे । मैले त्यही भनाइलाई उद्धरण गरेर फेसबुकमा स्याटस लेखेँ र थपेँ “अब मैले के गर्ने होला ?” एक जना दाइले मेरो अक्षरलाई नै पनि राम्रो नै भनिदिनुभयो (सायद् उहाँको मेरोभन्दा पनि नराम्रो भएर हो कि ?) । अर्को एक साथीले “नानीदेखि लागेको बानी छुटाउन गाह्रो पर्ला । बरु पढ्नेले नै अक्षर बुझ्ने बानी विकास गर्नुपर्ला” भन्ने विचार राख्नुभयो । अर्को एक साथीले, “मानिस सबै पक्षमा पूर्ण हुने नभएकाले” चित्त बुझाउन सुझाव दिनुभयो । अरू केही फुटकर कमेन्ट पनि आए ।
हुन त मैले सधै चित्त बुझाउँदै आइरहेको छु । तर, मैले आजसम्म पनि अक्षर सुधार्न आएका अनगन्ती सुझावहरूलाई गम्भीर रूपमा लिएकै छैन । न त कहिल्यै अक्षर सुधार्ने प्रयास नै गरेको छु, न त अक्षर नराम्रो हुँदा मेरो जीवन नै बर्बाद हुन्छ भन्ने लागेको छ ।
तर पनि, अहिले पनि म डरमा छु । परीक्षा दिएर नतिजा कुरेर बसिरहेको बेला म सोचिरहेको छु, “कतै परीक्षार्थीले मेरो अक्षर बुझेन भने र त्यसकै कारणले म फेल भएँ भने कसैले आश्चर्य नमाने हुन्छ ।”
Friday, June 4, 2010
आत्महत्या !
गत मङ्गलबार बिहानै एउटा दुःखद समाचार सुन्नुप¥यो । हाम्रै कलेजमा एम्.ए. दोस्रो वर्षमा पढ्ने एक जना दिदीले आत्महत्या गरिन् रे ! आफूले व्यक्तिगत रूपमा नचिनेपनि मृत्युको खबरले मलाई सामान्यतः दुःखी नै बनाउँछ । त्यसमाथि, त्यस दिन त शोक कार्यक्रममा नै सहभागी हुने भएकाले दुःखी अनुभव गरि नै हालेँ ।
ती दिदीलाई मेरो पनि हार्दिक श्रद्धाञ्जली !
तर पनि, अब म चित्त नबुझेको कुरा सुनाउँदै छु । व्यक्तिगत रूपमा नै भन्ने हो भने मलाई आत्महत्याप्रति सकारात्मक सोचाइ कहिल्यै पनि आएन । मलाई पहिलेदेखि नै लाग्थ्यो, र अहिले पनि त्यत्तिकै रूपमा लाग्छ, कि आत्महत्या जीवनको लडाइँमा हार्नु हो । आत्महत्या गर्नेहरू कातर (Coward) हुन्, मेरो विचारमा ।
मलाई लाग्छ, मानिसले कुनै पनि अवस्थामा जीवनसँग सङ्घर्ष गर्न छोड्नुहुँदैन । बुझ्नुपर्ने कुरा के हो भने, आत्महत्याले आत्महत्यावालालाई समस्याबाट छुटाएपनि बाँचेकाहरूमा झन् शङ्का पैदा गर्न सक्छ । नेपाली समाजमा चलेको उखान, “मर्नुभन्दा बौलाहाउनु निको” वास्तवमै सही छ ।
होला, आत्महत्या गर्नेहरूका पनि गम्भीर कारणहरू होलान् । भन्नेहरू भन्लान्, बाँचन नसकेपछि के गर्ने त ? आत्महत्याका केही घटनाहरूलाई केलाउने हो भने के थाहा हुन्छ भने अधिकांश आत्महत्याहरू अन्तव्र्यक्ति, पारिवारिक तथा सामाजिक सम्बन्धको कारणबाट हुन्छन् । अनि, ती समस्याहरूको समाधान आत्महत्या हुँदै होइन । हामी, सजिलै (आत्महत्याको कठिनाइको तुलनामा) ती समस्याहरूबाट मुक्त हुन सक्छौँ । हामी, सजिलै ती समस्याग्रस्त वातावरणहरूबाट आफूलाई मुक्त गरिदिन सक्छौँ, जसले हामीलाई बाँच्न गाह्रो बनाउँछन् । आखिर हामी बाँचेको त एक्लै नै हो भने पछि जोडिएका सम्बन्धहरू तोड्न हामीलाई केको कठिनाइ ?
हो, मान्छे प्राकृतिक रूपमा सामाजिक प्राणी हो, र नितान्त एक्लो जीवन उसका लागि असम्भव छ । तर पनि मानिसलाई एउटा समाज पूर्णतः त्याग्न असम्भव पनि हुँदेन । तर पनि ऊ नयाँ सामाजिक सम्बन्धहरू स्थापना गर्न क्षमता राख्ने हुनाले आफूलाई मर्न बाध्य बनाउने परिवार, समाज वा वातावरण छोड्न उसले आँट गर्न सक्नुपर्छ । आखिर, हाम्रा पारिवारिक, सामाजिक सम्बन्धहरू हामी आफैँले स्थापना र विकास गरेको होइन र ? यदि हो भने हामी फेरि पनि त्यो गर्न सकिहाल्छौँ नि !
त्यसकारण, आत्महत्या गर्नुअगाडि सबैले सोच्नुपर्छ — के मैले यो परिवार, समाजमा मात्र बाँच्न नसकेको हो कि, यो संसार नै मेरा लागि अयोग्य भएको हो । अधिकांशतः उक्त पहिलो विकल्प हुन्छ, जसको समाधान हामी निकाल्न सक्छौँ ।
आशा गरौँ, कसैले पनि आत्महत्या गरेको समाचार सुन्नु नपरोस् ।
Thursday, May 6, 2010
बन्दको ब्लग
“देशै बन्द छ भने म खुला हुनुको के अर्थ ?” मैले अस्ति अल्छीलाग्दो पारामा फेसबुक स्ट्याटस् लेखेँ । साँच्चै नै, यो बन्दमा दिक्क लागेको छ ।
पहिलो कारण, बन्द लामो अवधिको भयो । यदि बन्द नभएको भए मेरो दिन पूरै दौडधुपमा बित्ने थियो, पढाइ र विभिन्न साना–ठुला कामहरूमा । तर अहिले, थाहा पाइहाल्नुभयो होला नि । घरबाट बाहिर निस्कन पनि पाएको छैन । कहाँ जाने ? कसलाई भेट्ने ? के गर्ने ? कसरी जाने ? किन जाने ? त्यसैले, दिउँसोभरि घरमा बस्छु । मन लागे पढ्छु, मन लागे टिभी हेर्छु, मन लागे फेसबुक चलाउँछु, मन लागे कम्प्युटरमा अन्य काम गर्छु, केही गर्न मन नलागे सुत्छु ।
तर पनि मैले यति फुर्सद पाउँदा पनि ब्लगमा नलेखेको भने धेरै भइसक्यो । बन्दको बेला किन हो ब्लग लेख्न मनै लागेन । के विषयमा लेख्ने ? दिमागमा बन्दबारे केही पनि छैन । बन्दबारे के लेख्ने ? सबैले भनिरहेकै छन् कि बन्दले दिक्क लागिसक्यो । मैले पनि त्यो फेरि भनिरहनुपर्ने आवश्यकता छ र ? ती आयोजक र आयोजकका अन्धसमर्थकबाहेक कसलाई पो बन्द रमाइलो भयो होला र ? त्यसैले त प्रतिकार सुरु भइसकेको छ ।
हुन त, यति लामा बन्द नभएका होइनन् । २०६२÷६३को आन्दोलन योभन्दा धेरै नै लामो थियो । तर, त्यो बेलाको बन्द र अहिलेको बन्दमा धेरै फरक छ । त्यसबेला आम जनता आन्दोलनकारी थिए, आज निश्चित पार्टीका कार्यकर्ता आन्दोलनकारी छन् । त्यस बेला माग राज्यव्यवस्था र कानुनकै परिवर्तन थियो, आजको माग (बन्द गर्नै नसुहाउने, भन्नै लाजलाग्दो) प्रधानमन्त्री परिर्वनको छ । त्यतिबेलाको आयोजक बहुदलीय थियो, यति बेलाको आयोजक एउटा दल मात्र हो । आयोजकले ‘जनआन्दोलन’ भने पनि यो जनआन्दोलन त होइन नै, किनभने यसका आयोजक र सहभागीले जनआन्दोलनको जस्तो समग्र जनताको प्रतिनिधित्व गर्दैनन् ।
हुन त, आन्दोलन प्रजातन्त्रिक अधिकारको प्रयोग हो, तर पनि लाग्छ यो प्रजातन्त्रका लागि होइन । अस्ति एक जना राजनीतिलाई मेरो भन्दा नजिकबाट बुझेका आदरणीय व्यक्तिसँग बन्दबारे कुरा भएको थियो । उहाँले सुरुमा “ठिकै छ, आन्दोलन गरून्, यो प्रजातन्त्रको विषय हो” भन्नुभो । अनि, मैले “के अहिलेको आन्दोलन सफल भयो भने प्रजातन्त्र बलियो हुन्छ” भनेर सोधेँ । उहाँले भन्नुभयो, “बलियो त के हुन्थ्यो भाइ, उल्टै कति गुणा कमजोर हुने हो !”
मेरो आशा यो बन्द छिट्टै टुङ्गियोस् भन्ने हो । हिजो फेरि फेसबुकमा नयाँ स्ट्याटस् हालेको छु, “बन्द कहिले सकिने रहेछ, कसैलाई केही थाहा छ ?” अहिलेसम्म कसैले पनि केही उत्तर दिएको छैन । म भने त्यही प्रश्नको उत्तर पर्खेर बसेको छु ।
Friday, April 23, 2010
‘खरीको घेरो’ हेरेपछि
आज मैले गुरुकुल नाटकघरमा नेपाली भाषमा अनुदित ‘खरीको घेरो’ हेरेँ ।
वास्तमा यो नाटक गम्भीर अर्थपूर्ण र सँगसँगै अत्यधिक रमाइलो रहेछ । यसले दर्शकहरूलाई बुझाइ तथा रमाइलो दुबै दिएको छ ।
मैले बुझेसम्म नाटकका मुख्य सन्देशहरू मातृत्व, साहस, प्रेम तथा न्याय हुन् । राजा जयबहादुर मल्लको दरबारमा काम गर्ने गीता नै यस नाटककी वास्तविक नायिका (अथवा नायक) हो । उसले सेनाहरूद्वारा कुनै षड्यन्त्रका लागि खोजी भइरहेको राजकुमार मनोहरलाई बचाउँछे र हुर्काउँछे । गीताले ती सेनाहरूबाट आफूलाई र मनोहरलाई बचाउन गरेको सङ्घर्ष नै यस कथाको मुख्य र आधारभूत कथानक (Plot) हो । गीता, साँच्चै नै एक साहसी र मायालु महिला हो । नाटकको उत्तरार्धमा मात्र देखा पर्ने अक्कलबहादुर गीतापछिको दोस्रो प्रमुख पात्र हो । धेरै कमजोरीहरू भए पनि उसले नाटकको अन्त्यमा आफूलाई एक कुशल न्यायाधीशको रूपमा प्रस्तुत गरेको छ । आर्थिक मामलामा ऊ अत्यन्त भ्रष्ट छ, मानिसहरू (विशेषतः महिलाहरू)सँग ऊ अत्यन्त रुखो बोलीव्यवहार गर्छ । उसलाई न त कानुनबारे केही ज्ञान छ, न त ऊ जान्न नै चाहन्छ । तैपनि, उसलाई लाग्छ, ऊ नै सम्पूर्णतः अदालत हो र आफूलाई जे मन लाग्यो, त्यसैअनुसार फैसला गर्छ । यति हुादाहुादै पनि, बालक मनोहर रानी वा गीता कसलाई दिने भनने सवालमा उसले उपयुुक्त र न्यायपूर्ण निर्णय गरेको छ ।
अत्यन्त महत्वपूर्ण सन्देश बोकेको मिठो गीतका साथ नाटकको अन्त्य हुन्छ, “गाडी — हाँक्नेको, बच्चा — पाल्नेको, जमिन — रोप्नेको, खेत — जोत्नेको ...” । नाटकमा देखाइएअनुसार, यो सिधा, सरल तर उपयुक्त र वस्तुगत सुत्र हो, न्याय सम्पादन तथा निर्णयका लागि ।
नाटकका धेरै दृश्यहरूमा दर्शकहरू आफ्नो हाँसो रोक्न सक्दैनन् । विशेष गरी राजाको भाइ, गीताका श्रीमान् तथा सासू, अक्कलबहादुर र केही सिपाहीहरूका अभिनय तथा संवादहरू धेरै हाँसोउठ्दा छन् ।
नाटकले कताकता केही त्यस्ता दृश्य तथा संवादहरू समेटेको छ, जो नेपाली समाजमा पारिवारिक जमघटका अगाडि “अर्ध–अश्लील” लाग्न सक्छन् । सिपाहीहरूको गीताप्रतिको व्यवहार, गीताका श्रीमान्ले नुहाएको दृश्य तथा बारम्बार देखिइरहने सिपाहीहरूका यौन–लक्षित मौखिक तथा व्यवहारगत सङ्केतहरू केही नेपालीहरूलाई नपच्न पनि सक्छन् । अर्कातर्फ, नाटकमा रानीलाई एक “निर्दयी आमा”को रूपमा प्रस्तुत गरिएको छ, जो आफ्नो सानो छोरोभन्दा पनि लुगाकपडा र श्रृङ्गारमा बढी ध्यान दिन्छे ।
बीचको दस मिनेटको मध्यान्तरसमेत नाटक दुई घण्टा दस मिनेटभन्दा बढी लामो छ । नाटक बेलुका साढे पाँच बजेपछि मात्र सुरु हुने भएकाले सकिँदा झन्डै आठ बज्छ । समयको यस्तो बाध्यताले गर्दा नाटक हेर्न एकदमै उत्सुक मानिसहरू पनि आउन नसकेको कुरालाई आयोजकले बुझेको हुनपर्छ । यदि नाटक केही छिटै सुरु हुने भइदिएको भए, वा केही छोटो भइदिएको भए, अझ धेरै मानिसहरूले यसको आनन्द लिने थिए ।
Friday, April 16, 2010
कवि बाजेले धाप मार्नुभो
रामकृष्ण दुवाल (२००७, कीर्तिपुर, काठमाडौँ) एक सुपरिचित गीत–सङ्गीतकर्मी हुनुहुन्छ । राष्ट्र र जनताको सर्वोत्तम हितमा गाइएका ‘गाउँ–गाउँबाट उठ!’ जस्ता गीतमा पनि उहाँ संलग्न हुनुहुन्छ । यसबाहेक उहाँले .................. लगायतका बालबालिकालाई सन्देश दिने गीतहरूमा सङ्गीत दिनुभएको छ । उहाँका अनुसार उहाँले बालबालिकाका लागि गाइएका यस्ता ५०–६० जति गीतमा सङ्गीत दिनुभएको छ भने केही लेख्नु र गाउनुभएको पनि छ । सङ्गीत, सािहत्य र संस्कृतिबाहेक उहाँ आदिवासी–जनजातिका भाषा र पहिचानसम्बन्धी आन्दोलनमा पनि निरन्तर सक्रिय हुनुहुन्छ । सामाजिक र राष्ट्रिय महत्व भएका यी क्षेत्रहरूमा उल्लेखनीय योगदान दिनुभएकामा उहाँ विभिन्न संस्थाहरूबाट स्थानीय, क्षेत्रीय र राष्ट्रिय स्तरमा सम्मानित र पुरस्कृत हुनुहुन्छ । ‘हाम्रो आँगन’का लागि गरिएको कुराकानीमा उहाँले बालापनको अनुभवसँगै बालगीतका विभिन्न पक्षहरूबारे पनि चर्चा गर्नुभएको छ । आजसम्म पनि बालबालिकाका लागि गीत लेख्ने, सङ्गीत भर्ने र गाउने काममा सक्रिय दुवालका बालापनका अनुभव यस पालीको ‘बाल्यकालका कुरा’मा प्रस्तुत गरिएको छ ।
बाल्यकाललाई सम्झँदा
मेरो जन्म २००७ साल असार महिनामा भएको हो । म हाल बसिरहेको पाँगा, कीर्तिपुरस्थित घर नै मेरो जन्मघर हो । आमा पूर्णकुमारी र बुबा रामप्रसाद दुवालका छोराछोरीहरूमध्ये म पाचौँ हुँ । मेरा दुई दाजु सानैमा बित्नुभएको हो । यसबाहेक मेरा बाआमाबाट दुई दिदी र एक बहिनी जन्मनुभएको छ । मेरो परिवार पुख्र्यौली रूपमा सम्पन्न भए पनि म जन्मिएको समयमा भने हाम्रा्े परिवार ‘सर्वहारा’ (बाँच्नका लागि पूर्णतः श्रममा निर्भर र उत्पादनका साधनहरूमाथि नियन्त्रण नभएको) भइसकेको थियो । हातमुख जोड्नका लागि समस्या नै थियो । हाम्रो परिवार पहिलेदेखि नै कीर्तिपुरमै बस्दै आएको रहेछ ।
त्यति बेला खासै स्कुलहरू थिएनन् । स्कुल नभए पनि छ–सात वर्षको हुँदा मलाई काकाले घरमै पढाउन सुरु गर्नुभएको हो । उहाँसँग दुई वर्ष पढेपछि म तत्कालीन जलविनायक आधार हाई स्कुलमा भर्ना भएँ, (जसलाई आज जनसेवा उच्च मा.वि.का नामले चिनिन्छ) । मेरो पढाइ खासै राम्रो पनि थिएन, नराम्रो पनि थिएन । म विद्यालयमा मध्यम तहको विद्यार्थी थिएँ । त्यति बेलाको पढाइ पूर्णतः घोकन्ते थियो । जसले बढी घोक्न सक्थ्यो, उसले बढी पढ्न सक्थ्यो । पाठ्यक्रम पनि निश्चित थिएन, न त पाठ्यपुस्तक नै थिए । शिक्षकले जे सिकाउन उपयुक्त ठान्थे, हामीलाई त्यही सिकाउँथे ।
कक्षा एक र दूईमा साधारण नेपाली मात्र पढाइन्थ्यो । क, खका सादा अक्षरदेखि क्य, ख्यजस्ता जोडिएका गाह्रा अक्षरका पनि बाह्रखरी पढ्न लगाइन्थ्यो । त्यति जानेपछि हिसाबको सामान्य जोडघटाउ सिकाउन सुरु गरिन्थ्यो । अङ्ग्रेजीको पढाइ त कक्षा छदेखि मात्र सुरु हुन्थ्यो । मैले पढेको विद्यालय प्राविधिक स्कुल थियो । प्राविधिक भन्नाले आजको जस्तो नयाँनयाँ वैज्ञानिक प्रविधि थिएनन् । सिकर्मी, डकर्मीजस्ता कामहरू सिकाइन्थे । त्यति बेला घर बनाउन जान्नु नै प्राविधिक हुनु थियो ।
स्कुलमा पढाइका बाहेक अन्य कार्यक्रम केही पनि हुँदैनथे । खेलकुद त हाम्रो दैनिकीमा थिएन । न त हामीलाई घरमा खेल्ने वातावरण थियो, न त स्कुलमा । स्कुलमा खेलकुदका नाममा ब्याडमिन्टन र क्यारम थिए । यद्यपि हामी गोठालो जाँदा कहिलेकाँही साथीहरू मिलेर कपडा, बोरा आदिबाट बल÷भकुन्डो बनाउँथ्यौँ र खेल्थ्यौँ । कहिलेकाँही ठुलाहरूले दिए भने फुटबल पनि खेल्थ्यौँ । आजको जस्तो रबरको बल खेल्नु भनेको त हाम्रो जमानामा कहाँ हो कहाँ !
हाम्रो नेवारी बस्तीमा पनि दसैँ–तिहार त भव्यताका साथ मनाइन्थ्यो नै । अझ यसभन्दा पनि भव्य र विशेष रूपमा विभिन्न जात्राहरू मनाइन्थे । हामी गाईजात्रा, बखुमर, सिठीजस्ता चाडपर्वका जात्राहरूमा हामी खुब मज्जा लिन्थ्यौँ । चाडपर्व आउन लागेको थाहा पाउनेबित्तिकै अब सो पर्व आउन कति दिन बाँकी छ भनेर औँला भाँची दिन गनेर बस्थ्यौँ । चाडपर्व सुरु हुनुअघिको अर्को पक्ष पनि रमाइलो छ । हामी त्यो समयमा साथीहरूसँग उधारोमा गुच्चाजस्ता खेलहरू खेल्थ्यौँ । अर्थात्, चाडपर्वको समय आएपछि तिर्ने सर्तमा पुष्टकारी, गुच्चा आदिको बाजी लगाउँथ्यौँ । ‘डाफा’ संस्कृति हाम्रो दैनिकीको अर्को महत्वपूर्ण पक्ष थियो । प्रत्येक बिहान टोलटोलका पाटीहरूमा एउटा विशेष प्रकारको नाचगान हुन्थ्यो, जसलाई हामी डाफा भन्थ्यौँ । अझ चाडबाड र जात्राका समयमा त डाफाको भव्यता झन् बढ्थ्यो । डाफा लोकशास्त्रमा आधारित एक सांस्कृतिक पद्धति हो ।
डाफाको नाचगानमा ठुला मानिसहरूले नाचेको देख्दा हामी पनि त्यसको नक्कल गरेर नाच्ने प्रयास गथ्यौँ । त्यसमा केही गल्ती भए उहाँहरूले हामीलाई सच्याइदिनुहुन्थ्यो । यति हुँदाहुँदै पनि ती वयष्क मानिसहरूमा बालबालिकाहरूलाई पनि यस्तो नाचगान सिकाउनुपर्छ भन्ने चिन्तन नै थिएन । यसकारण, हामी भने यो नाच सिक्न औपचारिक रूपमा पाउँदैनथ्यौँ । अर्कातर्फ, ‘दुवाल’ थर नेवारहरूभित्र पनि उच्च जातिको मानिन्छ । त्यहाँ डाफा सिक्ने क्रममा ढोगभेट गर्नुपथ्र्याे, जसका लागि हामी दुवाल थर भएकालाई अनुमति थिएन । त्यसैले त झन् मैले त डाफामा भाग लिन पाउँदै पाइँन । घरभित्रको ‘आँगो’ भन्ने विशेष स्थानमा हुने नियमित पूजा मैले बाल्यकालमा भोगेको संस्कृतिको अर्को महत्वपूर्ण पक्ष हो ।
सैद्धान्तिक रूपमा बालअधिकार कसैलाई पनि थाहा थिएन त्यति बेला । न त बालबालिका, न त अभिभावकलाई नै बालबालिकाको विकासका लागि उनीहरूले अधिकार पाउनुपर्छ भन्ने कुराको ज्ञान थियो । पढाइका नाममा सामान्य जोडघटाउ जानेपछि काम गर्नुपर्ने बाध्यता हुन्थ्यो । कोही बालबालिकाले आर्थिक कारणले काम गर्नुपथ्र्यो त कोहीले सामाजिक कारणले । तर, कुनैकुनै घरमा भने ‘पढाउनुपर्छ’ र ‘पढ्नुपर्छ’ भन्ने धारण पनि रहेको थियो । मेरा बाआमाको पनि छोरालाई पढाउनुपर्छ भन्ने विचार थियो । तर पनि छोरीहरूलाई पढाउने कुरा भने कसैले सोच्दैनथ्यो ।
स्कुलमा पढाइबाहेक कुनै पनि अतिरिक्त क्रियाकलाप हुँदैनथे । शिक्षकहरू सबै हाम्रो गाउँभन्दा बाहिरका भएकाले उनीहरूलाई बिहान समयमा स्कुल आइपुग्न र बेलुका घर फर्कन नै हतार हुन्थ्यो । विद्यार्थीहरूलाई खेलाउने र अन्य किसिमका प्रतिभा देखाउने अवसर दिलाउने समय उहाँहरूसँग कहाँ हुन्थ्यो र !
अर्कातर्फ हामी बालबालिका पनि नियमित विद्यालय जादैनथ्यौँ । त्यति बेलाको समयमा पढेर बचेको समयमा काम गर्ने होइन कि, काम गरेर बचेको समयमा पढ्ने धारणा र चलन विद्यमान थियो ।
मेरो दाजुभाइ म सानै छँदा बितिसक्नुभएको थियो । दिदीबहिनीहरूसँग मेरो राम्रो सम्बन्ध थियो । हाम्रो कहिल्यै पनि झगडा भएन । म दिदीहरूको चित्त दुखाउँदैनथेँ । अझ म दिदीहरूको चित्त दुखाउन चाहदैनथेँ । मभन्दा करिब पाँच–छ वर्ष कान्छी बहिनी छिन् । उसँग भने म पनि साथीजस्तै व्यवहार गर्थेँ । हामी सँगै खेल्थ्यौँ । हामी दुबै जना हामीभन्दा २०–२५ वर्ष जेठी दुई जना दिदीहरूलाई अभिभावकजस्तै मान्थ्यौँ । आजसम्म पनि हामी दिदीको कुरा काट्दैनौँ ।
म सानो छँदा मेरो बासँग त्यति कुरा हुन्नथ्यो । पहिलो कुरा त बाको स्वभाव नै कम बोल्ने थियो । दोस्रो कुरा उहाँ धेरै टाढा काम गर्न जानुहुन्थ्यो । मेरो बाले पहिले सिकर्मी र पछि जागिरेको काम गर्नुभयो । यसकाराण बासँग हामीसँग कुरा गर्ने समय नै थिएन । बाल्यकालको यस बानीले म ठुलो हुँदासम्म पनि बासँग कमै बोलेँ । आमासँग भने निर्धक्क कुरा हुन्थ्यो । आमाको माध्यमबाट नै बासँग कुरा पु¥याइन्थ्यो ।
तैपनि बालापन रमाइलोमै बित्यो । गोठालो जाँदा होस् वा घरमा, साथीहरू साथमै हुन्थे र सँगै भएपछि रमाइलो हुन्थ्यो । विशेष गरी मसँग मसमेत तीन जनाको समूह थियो । अहिले गैरआवासीय नेपाली सङ्घ (एन्आर्एन्)का सल्लाहकार डा. देवकाजी डङ्गोल र नेपाल तथा नेपाली भाषाका साहित्यकार नजरराम महर्जन मेरा सबभन्दा नजिकका साथी थिए । डङ्गोल पढ्नमा चलाक थिए, हामी ‘तिमी पछि डाक्टर बन्छौ’ भन्थ्यौँ । महर्जनलाई लेख्ने बानीमा रमाइलो लाग्थ्यो, हामी ‘तिमी पछि लेखक बन्छौ’ भन्थ्यौँ । मलाई भने पढाइ र लेखाइभन्दा पनि गाउन, बजाउन र नाँच्न बढी रुचि थियो । उनीहरू मलाई ‘तिमी कलाकार बन्छौ’ भन्थे । आखिर भविष्यमा त तीनै जनाका लागि गरिएको भविष्यवाणी मिल्यो ।
त्यति बेला म करिब आठ–नौ वर्षको थिएँ होला । दसैँको बेला थियो । टोलका सबैले नयाँ लुगा सिलाइसकेका थिए । मेरो लुगा सिउन बाँकी नै थियो, कारण बाले काम गरेको ठाउँबाट पैसा पाइसक्नुभएको थिएन । सबैको तयारी सकिदा पनि पैसा नआएपछि बा फूलपातीको दिन बिहान साहुको घर वसन्तपुर जाने हुनुभयो । म पनि बासँगै जाने भएँ । खाली खुट्टा वसन्तपुरमा पुग्दा मलाई सबभन्दा नरमाइलो अनुभव भयो । म लुगा लाउन पाउँछु कि पाउँदिन भन्ने द्विविधा र डरले पिरोलिरह्यो । लुगा लाउन नपाए दसैँभरि घरबाट बाहिर ननिस्कने विचार आयो । पछि साहुले केही पैसा दिए । हामी तयारी लुगा किन्न मङ्गलबजारतर्फ लाग्यौँ । मङ्गलबजार नपुग्दासम्म मन शान्त भएन । त्यहाँ तयारी कमिज–सुरुवाल र जुत्ता किनेपछि मात्र म ढुक्क भएँ । बिहान जाँदा मनभरि चिन्ता लिएर गएको म फर्कदा त नयाँ योजनाहरूको साथमा थिएँ । एक छिन नरमाइलो भए पनि अन्त्यमा त मज्जा नै आयो नि !
हरेक साल साउनमा मेरा मामा हरिगोविन्द श्रेष्ठको बाको जन्मदिन मनाइन्थ्यो । मामाले सबैलाई ‘समय्बजि’ बाँड्नुहुन्थ्यो । केटाकेटीका लागि भने उहाँ एउटा रमाइलो खेल खेलाउनुहुन्थ्यो । बीचमा एउटा पुष्टकारी राखेर दुई दिशाबाट दुई जनालाई दौडन लगाइन्थ्यो । एक पटक मैले पनि दौडेर पुष्टकारी जितेको थिएँ । मामाले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई चिन्नुभएको थियो । मैले पुष्टकारी जितेको दिन पनि देवकोटा त्यही हुनुहुन्थ्यो । तर, हामी उहाँलाई चिन्दैनथ्यौँ । मैले जितेपछि नचिनेका देवकोटाले मलाई धाप मारेर, “केटाले भविष्यमा केही गर्छ” भन्नुभएको थियो । पछि उहाँ को भनेर सोध्दा मामाले “यी त कवि बाजे हुन् । ठुला मान्छे हुन्” भन्नुभयो । देवकोटा मन्त्री पदबाट हटिसकेको र उहाँको मृत्युअगाडिको यो घटना २०१५–१६ को हुनुपर्छ ।
मैले बाल्यकालमा कोही विशेष व्यक्तिबाट विशेष रूपमा प्रेरण पाएँ भने त्यो मेरो बा नै हुनुहुन्थ्यो । हुन त मैले उहाँको कुनै गुणको पनि प्रत्यक्ष अनुशरण गरेको छैन । तर पनि, उहाँका भनाइहरूले मलाइ प्रेरणा दिए । बा भन्नुहुन्थ्यो, “मैले कमाएको सम्पत्ति तेरो होइन । तेरा लागि तँ आफैले केही गर्नुपर्छ ।” उहाँको यस भनाइले मलाई आफ्नै मिमित्त केही गर्ने भावना जाग्यो । गीतसङ्गीतका लागि भने मलाई माथि भनिएको डाफा संस्कृतिले नै विशेष प्रेरणा दियो । डाफा सङ्गीत सुनेर अरुको नक्कल गर्दा अरुले मेरो प्रशंसा गर्थे । अरुको सकारात्मक प्रतिक्रियाले मलाई थप सिक्न उत्सुक बनायो । पछि मैले सङ्गीतका ज्ञाता मास्टर सुकरामलाई गुरु मानेर उहाँसँग सङ्गीत सिकेँ ।
‘ठुलाले लेख्ने बालगीत होइन’
बालगीत भनेको बालबालिकाहरू स्वयंले आफ्ना मनका कुराहरू व्यक्त गरी लेखेको र लेख्ने गीत हो । ठुला मानिसहरूले बालबालिकाका लागि लेखेको गीत बालगीत होइन । यसलाई बालबालिकालाई सन्देश दिने गीत वा उनीहरूलाई मार्गनिर्देश दिने गीत मात्र मान्न सकिन्छ । बालकको मनस्थितिलाई सन्तुलित राख्नका लागि हो, बालगीतको आवश्यकता भएको । यसले उनीहरूको दिमाग सधै ताजा बनाउँछ । अर्कातर्फ यसले उनीहरूलाई आफ्नो करा निर्धक्क भन्ने वातावरण बनाउँछ । बालबालिकाको अभिव्यक्ति क्षमता बढाउन बालगीत महत्वपूर्ण हुन सक्छ ।
तर, बालबालिका आफै बालगीत रचनाका लागि सक्षम बन्न सजिलो छैन । यसका लागि ठुलाले अभिप्रेरित गर्नुपर्छ । यसमा पनि शिक्षकशिक्षिकाको भूमिका अझ बढी महत्वपूर्ण छ । जस्तो, एउटा शिक्षकले आफ्नो विद्यार्थीलाई ‘आफूले घरमा गर्ने कामको बारे लेखेर ल्याउनू’ भन्न सक्छ । विद्यार्थीले कथा, निबन्ध, कविता, वा गीत — जुनसुकै रूप पनि दिन सक्छ । यसरी लेख्दा थाहा नपाईकन नै बालबालिकाले आफ्ना विचार, समस्या र समग्रमा आफ्नो मनस्थिति अभिव्यक्त गर्छन् । शिक्षकले सम्भव भएसम्म विद्यार्थीहरूसँग व्यक्तिगत रूपमै अन्तक्र्रिया र कुराकानी गर्नुपर्छ । अनि उसलाई आफ्नो समस्या अभिव्यक्त गर्न प्रोत्साहन गर्नुपर्छ । बालगीत वा जुनसुकै सिर्जनाका विधाका लागि पनि अभिव्यक्ति मुख्य आधार हो ।
यसबाहेक बालबालिकालाई बालगीत नै सिकाउने हो भने केही थप कुरामा पनि ध्यान दिनुपर्छ । सिकाउने शिक्षक बालकजस्तै भइदिनुपर्छ । त्यही समयमा उसले बालबालिकालाई राम्रोसँग व्यवहार गर्न सक्नुपर्छ । साधारण सङ्गीतसम्बन्धी ज्ञान पनि भएको हुनुपर्छ । विचार गर्नुपर्ने अझ महत्वपूर्ण कुरा के हो भने सिकाइका क्रममा कहिल्यै पनि जबर्जस्ती गर्नु हुँदैन । बालको गलाले भ्याउने स्वर मात्र, उनीहरूको दिमागले भ्याउने ताल मात्र र शरीरले थेग्न सक्ने मुद्रा मात्र सिकाउनुपर्छ ।
नेपालमा बालगीतको अवस्था बिस्तारै राम्रो हुँदै छ । अचेल त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूले पनि बालबालिकाको विकासमा ध्यान दिएका छन् । तर, उनीहरू सबैको नपाली भाषामा मात्र ध्यान केन्द्रित भएका छन् । नेपालमा त धेरै भाषहरू बोलिन्छन् । नेपालीबाहेकका अन्य भाषामा बालसाहित्यको अवसथा करिब शून्यबराबर नै छ । हामीले यसको विकासमा पनि ध्यान दिनुपर्छ । अरु भाषा बोल्ने बालबालिकाले पनि त आफ्नो कुरा अभिव्यक्त गर्ने उपयुक्त वातावरण त पाउनुप¥यो नि !
म बालबालिकाको लागि लेखिने गीतको क्षेत्रमा लाग्नुको प्रसङ्ग पनि छुट्टै छ । वि.सं २०२२मा रेडियो नेपालले ‘जीवनदबु’ नामको नेवारी कार्यक्रम बन्द ग¥यो । यसको विरोधमा कविकेशरी चित्तधर हृदय, गीतकार दुर्गालाल श्रेष्ठ लगायतका व्यक्तिहरूको नेतृत्वमा आन्दोलन चल्यो । यो अभियानमा म पनि सामेल भएँ । पछि हुँदै जाँदा मलाई ठुलाहरूले ठुलाहरूको मात्र कुरा हुने हुँदा बालबालिकाको लागि छुट्टै अभियान आवश्यक भएकोजस्तो लाग्यो । यसका लागि हामीले वि.सं. २०२६मा एउटा साहित्य सम्मेलन ग¥यौँ । यस सम्मेलनमा बालबालिकाका लागि लेखिने धेरै साहित्यिक रचनाहरू प्रस्तुत भए । यसपछि पनि मलाई बालबालिकाका लागि पढ्ने सामग्रीहरू कम भएजस्तो लागिरह्यो । यही कमीलाई परिपूर्ति गर्न म केही साथीहरूसँग बालबालिकाका लागि गीत लेख्ने काममा लागिरहेँ । मलाई आज पनि बालबालिकाका लागि पर्याप्त सामग्री छैनन् जस्तो लाग्छ ।
शुभकामना सन्देश
बालकको बालापन उसको परिवार कस्तो छ, त्यसमा भर पर्छ । उसलाई हुर्काउने परिवारले जे सिकायो, त्यो बालक त्यस्तै हुन्छ । यस कारण, म फेरि बालक बन्न पाए कस्तो बन्थेँ भन्ने कुरा म अहिले सोच्न सक्दिन । यो कुरा बालकको आफ्नो इच्छाभन्दा पनि परिवारको भूमिकामा बढी निर्भर हुन्छ । तापनि, मलाई आजका बालबालिका हाम्रा् जमानाका बालबालिकाजस्ता कमजोर छैनन् जस्तो लाग्छ । उनीहरू हरेक पक्षमा सक्षम छन् । खालि, उनीहरूलाई कस्तो शिक्षादीक्षा दिने भन्ने योजना बनाउनुपर्ने छ । देशलाई आवश्यक जनशक्ति तयार हुने गरी बालबालिकालाई शिक्षित गर्नुपर्छ । अनि मात्र, उनीहरूले देश बनाउन सक्छन् र हाम्रो देशको भविष्य राम्रो बन्न सक्छ ।
यस ‘हाम्रो आँगन’ पत्रिकाले पनि बालबालिकाको जीवनमा सार्थकता र सिर्जनात्मकता बढाउने सामग्री देओस् । ‘हाम्रा् आँगन’जस्ता सबै बालबालिकाले के बुझ्नुपर्छ भने बालपत्रिका बालक आफैँ किन्न सक्दैन र हाम्रो समाजमा बालबालिकालाई अभिभावकले प्रायः पत्रिका किनिदिदैनन् । बालपत्रिकाका सामग्रीले अब अभिभावक र बालबालिका दुबैलाई चेतना बोध गराउनुपर्ने छ । ‘हाम्रो आँगन’ बालबालिकाले पढ्नुपर्ने र अभिभावकले पढाउनुपर्ने सामग्रीको रूपमा अगाडि बढोस् ।
२०६६/१२/२९
diwapyak@gmail.com
Thursday, April 8, 2010
झन्डै अन्तर्राष्ट्रिय बेइज्जत
यो हप्ता म परीक्षामा व्यस्त भएँ । यस पटकको परीक्षाको अनुभव अन्य परीक्षाहरूभन्दा फरक भयो । विशेष गरी, 'History, Law, Ethics, and Management of Media' भन्ने विषयको परीक्षामा ।
त्यो विषयको परीक्षाभन्दा अगाडि म धेरै नै डराइरहेको थिएँ । मैले साथीहरूलाई के भनेको थिएँ भने, “कुनै चमत्कार भएन भने मेरो अन्तर्राष्ट्रिय बेइज्जत हुनेछ ।” मेरो बेइज्ज्त हुनबाट रोक्न, कि त प्रश्न सोधाइमा, कि त उत्तर लेखाइमा, कि त कापी जँचाइमा चमत्कार हुनुपथ्र्यो । परीक्षा हलमा पनि मैले एकदमै फुर्सदसँग लेखेँ । प्रश्न सजिलो भएर होइन, समय बढी भएर पनि होइन । लेख्नुपर्ने कुरा नै नभएपछि मैले फुर्सद पाएँ ।
हुन त, सरले सुरुमै भन्नुभएको थियो, “यो सब्जेक्ट गारो छ नि केटा हो । राम्रोसँग पढ नि ।” तर, मलाई भने सबभन्दा रमाइलो सरले पढाउने विषय सबभन्दा नरमाइलो लाग्न लाग्यो । हामीले मिडियाको विश्व इतिहासबाट कक्षा सुरु ग¥यौँ । मलाई इतिहास र भूगोल भनेपछि स्कुल पढ्दादेखि नै टाउको दुख्थ्यो । मलाई लाग्छ, अहिले हामीले पढेको तरिकाले इतिहास पढ्दा सूचना मात्र पाइन्छ, ज्ञान पाइन्न । हाम्रो कक्षामा पनि विभिन्न देशका मुख्य पत्रिका वा प्रसारण माध्यमको नाम, प्रकाशक/प्रसारक र मितिबाहेक केही थप जानकारी पाइएको थिएन । तिनीहरूमा बुझ्नुपर्ने भन्दा पनि थाहा पाउनुपर्ने कुरा थिए । अनि थाहा पाउनका लागि दिमागलाई जलाउने भन्दा पचास पटक घोकेर सम्झनुपर्ने थियो । त्यसै कारण, परीक्षाको अघिल्लो दिनअगाडि मैले गम्भीरतापूर्वक यो विषय पढ्दै पढेको थिइँन ।
तर पनि म बेइज्जत हुनबाट बचेँ । हुन त माथि भनिएका तीन चमत्कारमध्ये दुई चरण पार भइसके, कुनै पनि चमत्कार नभइकन । अब तेसा्रे चरणमा पनि चमत्कार हुने सम्भावना देखिन्न । तर म किन बचेँ भने, कम तयारीका बाबजुत मैले परीक्षा त्यस्तो नराम्रो गरेको छैन । थाहा भएको सीमित सूचनाका आधारमा लम्ब्याई–लम्ब्याई उत्तर लेखेको छु । आशा छ, मैले यो विषयमा पनि झन्डै पहिलो श्रेणी भेट्ने छु ।
Subscribe to:
Comments (Atom)