अहिले देशमा फेरि धर्मनिरपेक्षताको बहस बढ्दै गएको छ । बाहुन र क्षेत्रीका विभिन्न सङ्गठनहरूले नेपालाई हिन्दू राज्यकै रूपमा पुनस्र्थापना गर्न मााग गरिरहेका छन् । झन् केही साताअघिको काली बाबाको यज्ञले त यो विषयलाई झन् आगोमा घिउ थपिदिएको छ ।
हो, म पनि एक हिन्दू हुँ । मलाई पनि अन्य हिन्दूहरूजस्तै आफ्नो धर्मप्रति आस्था छ । मलाई पनि थाहा छ, नेपालका असी प्रतिशतभन्दा बढी जनता हिन्दू छन् । तर पनि म हिन्दू राष्ट्रको पक्षमा छैन । किन त ?
पहिलो कुरा, हामी हिन्दूहरूले हिन्दू राष्ट्रको पालामा जे सुविधा पाएका छौँ, त्यसमा निरपेक्षताको जमानामा पनि केही कमी आएको छैन । न त, धर्मनिरपेक्ष समयमा हामीलाई आफ्नो इच्छाअनुसार धार्मिक गतिविधि गर्न बन्द गरिएको छ ।
दास्रो कुरा, धेरै स्विकारिसकेका छन् कि धर्म व्यक्तिले मान्ने हो, राष्ट्रले होइन । त्यसकारण सबै व्यक्तिले आआफ्नो धर्म मान्ने स्वतन्त्रता पाएको खण्डमा राज्यको छुट्टै धर्म हुनु आवश्यक छैन ।
तस्रो, हिन्दू धर्म समावेशी र सहिष्णु छ । हामीले अरुको फरकलाई स्विकानुपर्छ । यदि धर्मनिरपेक्ष राज्य हुँदा अन्य धर्मका दाजुभाइ–दिदीबहिनी खुसी हुन्छन् भने हामीले टाउको दुखाउनुपर्ने कारण के छ ?
बरु, केही धार्मिक विद्वान्ले धर्मनिरपेक्षको सट्टा ‘सर्वधर्म समभाव’ राख्न सुझाएका छन् । यसतर्फ भने सोच्न सकिन्छ ।
यो विचार नितान्त व्यक्तिगत हो । मेरो परिवार र समुदाय यसमा असमत हुन पनि सक्छ ।
यो विचार नितान्त व्यक्तिगत हो । मेरो परिवार र समुदाय यसमा असमत हुन पनि सक्छ ।