Friday, March 19, 2010

आशा मरेको छैन

अचेल सबैतिर जेठ १४ मा संविधान जारी हुन सक्दैन भन्ने हल्ला सुनिन लागेको छ । तर मलाई भने जेठ १४ मै संविधान जारी होला जस्तो लाग्छ । 
राजनैतिक नेताहरूको कार्यशैलीबारे कुरा गर्दा मलाई आजभन्दा करिब तीन वर्षअघिजतिको समयको सम्झना आउँछ । त्यतिबेला सरकार र माओवादीबीच वार्ता हुँदा नेताहरू रातभर पनि बैठकमा व्यस्त हुन्थे । उनीहरू निद्रा त्याग्न पनि तयार हुन्थे । तर, सुरुसुरुमा उनीहरूले यस्तो लगनशीलता देखाउँदैनथे । जब, योजनाअनुसार निर्धारित समय सकिने बेला हुन्थ्यो, उनीहरूमा एकाएक जाँगर भरिएर आउँथ्यो । 
त्यही अनुभवलाई सम्झिँदा मलाई के लाग्छ भने अब बैसाख १५ सम्म पनि नेताहरूको चालामाला यस्तै हुनेछ । उनीहरूका बीच विवाद कायम नै हुनेछ । तर त्यसपछिको एक महिना भने उनीहरू दिन–रात नभनी बैठकमा व्यस्त हुनेछन् । अनि जेठ १४ मै संविधान जारी गर्नेछन् । 
संविधान जनताले चाहेजस्तो, वा राम्रो बन्छ वा बन्दैन — त्यो छुट्टै बहसको विषय हो । तर संविधान बन्छ । 
आशा गरौँ । मेरो आशाले फेल नखाओस् । 

No comments:

Post a Comment