Saturday, March 20, 2010

सिविसले बालसंरक्षणमा सर्भे गर्ने

दिवाकर प्याकुरेल,
कपन, ६ चैत

बालअधिकारको क्षेत्रमा कार्यरत संस्था सिविसले सहरी महिलाहरूबीच बालसंरक्षणको विषयमा सर्भे गर्ने भएको छ ।
संस्थाले आगामी हप्ता ‘बाल यौनदुव्र्यवहारबारे अध्ययन ः सहरी महिलाहरूबीच बुझाइ तथा संरक्षणको अभ्यास’ नामको अध्ययन कार्यक्रम सञ्चालन गर्न लागेको हो । अध्ययनमा विभिन्न दस क्षेत्रका २०० महिलाहरू सहभागी हुनेछन् ।
संस्थाका अनुसार अध्ययनको नतिजाले बालसंरक्षणबारे सहरी महिलाहरूको बुझाइ तथा उनीहरूको प्रयासका साथै यससम्बन्धी सेवाप्रदायक संस्थाको सेवासुविधाको मूल्याङ्कन गर्नेछ । साथै, यसले प्रभावकारी नीति निर्माणका लागि सुझाव पनि दिनेछ ।
आयोजक संस्थाकी कार्यक्रम संयोजक ऋतु भट्टका अनुसार अध्ययनमा महिलाहरूको बालदुव्र्यवहार तथा बालसंरक्षणबारेको बुझाइ तथा संरक्षणका लागि उनीहरूले गर्ने प्रयासको अध्ययन गरिनेछ । यसमा पनि अध्ययनका लागि बनाइएको प्रश्नावलीले बाल यौनदुव्र्यवहारको मुद्दालाई पहिलो प्राथमिकता दिएको उहाँको भनाइ छ । भट्टका अनुसार, अध्ययनमा सहभागी हुने महिलाहरूमध्ये सय जना पहिले नै बालअधिकार तथा बालसंरक्षणका विषयमा जानकार हुनेछन् भने बाँकीले यस विषयमा थाहा नपाएको पनि हुनसक्छ । “त्यसकारण हाम्रो कार्यक्रम दुई समूहको तुलनात्मक अध्ययनको रूपमा अगाडि बढ्नेछ”, भट्टले थप्नुभयो ।

कार्यक्रमको सञ्चालनका लागि १० जना तथ्याङ्क सङ्कलकहरू छनौट भइसकेका र उनीहरूले आगामी आइतबारदेखि काम सुरु गर्ने संस्थाले जानकारी दिएको छ ।
तथ्याङ्क सङ्कलनको कार्य एक हप्ताभित्रै सक्ने संस्थाको योजना छ । तर पनि यसको विश्लेषण र प्रकाशनका लागि भने केही महिना कुनुपर्ने स्रोतले जनाएको छ ।




No comments:

Post a Comment