साथीहरु म रिसाएकाले हिजो असिनापानी परेको रे, म झनै रिसाएको भए आकाश खस्थ्यो रे!
मैले हिजो फेसबुकमा यो स्ट्याटस् लेख्दा एक जनाले मात्र कमेन्ट गरे पनि भेटिएका धेरैले छक्क लाग्यो भन्नुभयो ।
मैले हिजो फेसबुकमा यो स्ट्याटस् लेख्दा एक जनाले मात्र कमेन्ट गरे पनि भेटिएका धेरैले छक्क लाग्यो भन्नुभयो ।
यहाँ प्रयुक्त "रे"ले प्रष्टै बताउँछ कि यो मेरो भनाइ होइन । एक जना मित्रले हिजो एस्एम्एस् गरेर मलाई यसो भनेकी हुन् ।
उनका अनुसार म त्यो दिन रिसाएको थिएँ रे । अनि रिस प्रदर्शन गर्ने कला नभएका कारण मैले कृत्रिम हाँसो देखाएको थिएँ रे । हो यसमा म पनि सहमत छु । त्यो बेला म आफैँसँग सन्तुष्ट थिइँन विभिन्न कारणहरु थिए यसका पछाडि ।
तर मेरो कृत्रिम हाँसो मेरा लागि एउटा नियमित्र व्यवहार थियो । मैले धेरै साथीहरुलाई भनेको छु कि म पहिला धेरै नै रिसाउथेँ । करिब तीन-चार वर्षअघिदेखि भने म विस्तारै रिस कन्ट्रोल गर्न सक्ने बानी विकास गर्ने प्रयास गर्दै छु । जब म रिसमा हुन्छु म खासै कोहीसँग पनि बोल्न चाहान्न । म अधिकांशको जस्तो एउटाको रिस अर्कोमाथि पोख्न चाहान्न । त्यसैले त धेरै मित्रहरुले म रिसाएको कुरा थाहा पाउन सक्दैनन् नि जबसम्म उनीहरुले मेरो रहस्य बुझ्दैनन् ।
मेरो रिस नियन्त्रण गर्ने यो बानी मलाई प्रभावकारी लाग्छ । त्यसैले मैले यो अभ्यास गरेको छु । तर पनि कहिलेकाँही सार्वजनिक स्थानमा भएको बेला कसैसँग नबोली बस्नु अव्यवहारिक हुने भएकाले मैले आफूलाई सम्हाल्नका लागि उनीहरुको कुरामा सहमति जनाउने र कृत्रिम हाँसो हाँस्ने गर्छु्र ।
हुन त यो तपाईँलाई व्यक्तिगत गन्थन लाग्यो होला तैपनि 'आफूलाई अभिव्यक्त गर्ने थलो' भनेर ब्लग बनाइसकेपछि मैले आफ्नो यति सानो बानी पनि व्यक्त गरिनँ भने त मलाई दोष लाग्ला नि हैन र?
No comments:
Post a Comment